ब्रेकिङ न्युज


#समाचार

उदयपुरमा एस ई ई परीक्षाका तयारी विद्यार्थीलाई वडा अध्यक्षको व्यक्तिगत नगद सहयोग

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 3,2019


RatoParkhalउदयपुरमा एस ई ई परीक्षाका तयारी विद्यार्थीलाई वडा अध्यक्षको व्यक्तिगत नगद सहयोग

ईखवरसम्वादाता
१९ फाल्गुण, आईतवार


कटारी– उदयपुरको कटारी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष वेग बहादुर आले (सुनिल)ले आगामी एसईई परीक्षामा वडाको श्री मा.वि. लिम्पाटारबाट सहभागी हुने विद्यार्थीहरुलाई आर्थिक सहयोग गनर््ु भएको छ । अध्यक्ष मगरले कटारी सेन्टर परेका १८ विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुपरु. ५ सयका दरले आर्थिक सहयोग गर्नु भएको हो ।


विद्यालयले गरेको विदाई कार्यक्रममा वडाध्यक्ष मगरले विद्यार्थीहरुलाई इस ई ई परीक्षा केन्द्र कटारी सम्म आवत जावतमा सहयोग पुगोस भनी व्यक्तिगत रुपमा सहयोग गर्नु भएको बताउनु भयो । परीक्षाको नतिजा पछि उत्कृष्ट अंक ल्याई सफल भएका विद्यार्थीहरुलाई वडाले सम्मान गर्ने समेत अध्यक्ष मगरले बताउनु भयो ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो