ब्रेकिङ न्युज


#मनोरञ्जन

हङकङमा प्रदर्शन हुने मगर कथानक चलचित्र “मिझार”को अन्तिम तयारी। हङकङ बासीहरुलाई चुले निम्तो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 3,2019


RatoParkhalहङकङमा प्रदर्शन हुने मगर कथानक चलचित्र “मिझार”को अन्तिम तयारी। हङकङ बासीहरुलाई चुले निम्तो

पौष १९ ।

नेपाली भाषामा रहेको मगर कथानक चलचित्र “मिझार” यति बेला हङकङमा प्रदर्शन हुने भएको छ । लामो समय देखि मगर फिल्म निर्माण क्षेत्रमा लागी परेका घनकुटा निवासी सन्तोष पिठाकोटे थापा मगर द्वारा निर्मित “मिझार” चलचित्र नेपालको धेरै जसो जिल्लाको गॉंऊ-गॉंऊमा प्रदर्शन पछि अब हङकङमा यहि जनवरी ६ तारीक प्रदर्शन हुने भएको छ । 

 

अग्रेंजी नव बर्ष २०१९ को आगमन संगै प्रदर्शन हुन लागेको नेपाली भाषामा रहेको मगर कथानक चलचित्र “मिझार” मगर समुदायको संस्कृति र संस्कारमा आधारित कथालाई चित्रण गरिएको छ । “नेपाल मात्र नभई रोजगारीको शिलसिलामा लामो समय सम्म प्रवासमा रहेर श्रम गरिरहेका मगर समुदायका युवाहरुलाई लोप हुदै गएको आफ्नो मौलिक संस्कृतिक, परम्परा र संस्कारलाई जगेर्ना गर्नु पर्छ र आफु संग भएको कला सिपलाई आफ्नो रुची अनुसारकै बिधामा मेहनत गरे सफल अवस्य भईन्छ” भन्ने सन्देश प्रभाह हुने निर्देशक सन्तोष पिठाकोटेको ठम्याई रहेको छ । 

 

लाङ्घाली कल्याण समाज हङकङका अध्यक्ष हर्क प्रसाद राना मगर, जनजाती महासंघ हङकङका पुर्व अध्यक्ष प्रदिप थापा मगर र लाङ्घाली कल्याण समाज हङकङका सल्लाहकार साथै मगर संघ हङकङका पुर्व महासचिब निलम थापा मगरको अगुवाईमा लाङ्घाली कल्याण समाज हङकङले लाङ्घाली कल्याण कोष अबिब्रिद्धिको लागी आयोजना गर्न लागेको जनाएका छन् । मगर कथानक चलचित्र “मिझार” यहि जनवरी ०६ तारीक आइतबार याउ मा तेइ हलमा सॉंझ ०६:३० बजे प्रदर्शनको लागी अन्तिम तयारी तिब्र गतिमा भईरहेको आयोजकले जनाएको छ । 

 

सहयोगीहरुमा मगर संघ हङकङ, पुन मगर समाज हङकङ, नेपाल क्लब हङकङ, हङकङ गोर्खा युवा संघ रहेको छ भने मिडिया पार्टनरमा D2 Entertainment.com, Hongkongnepali.com, HKdarpan र koselihk.com रहेको छ । 

 

टिकट जोर्डन सब्जि मार्केट्मा अवस्थित 88 Convenience Store 54076161 मा उपलब्द रहेको छ वा बिस्तृत जानकारीको लागि सम्पर्क नं 53183020, 53187053, 63414385, 62386140, 52313035 मा सम्पर्क गर्नु सक्नुहुनेछ ।

 

काठ्माण्डौं, पोखरा, आबु खैरेनी र गोर्खामनकामनामा छायॉंकन गरिएको उक्त चलचित्रमा अभिनय रहेको मुख्य पात्रहरु तथा निर्माताहरु

 

निर्माता तथा कलाकार किरण पुर्जा पुन म्याग्दिको दोबामा जन्मनु भै हाल पोखरा लामाचौर निबासी

 

नायिका दिलु राम्जालि म्याग्दिको दोबामा जन्मनु भै हाल पोखरा निबासी

 

सबिता राना(नाना) देश बिदेशमा कौर्हा लगाएत भिभिन्न नृत्य मार्फत ख्याती प्राप्त राना गाउको म्युजिक भिडियो को मोडेल तथा नायिका मीझार फिल्म मा कौर्हा नृत्यको प्रस्तुती

 

समाजसेबी तथा युके मगर संघका उपाध्यक्ष अनिता राना मगर मीझारको आमाको भुमिमा मा ससक्त अभिनय रहेको छ ।

 

कुशल गायक/सङगीतकार/मोडल/रचनाकार तथा नायक रमेश बाबू थापा मगर अभिनित मगर चलचित्र म्यार्मिन,सालिभेना

 

 

नायिका मोनिका थापा मगर तनहुको आबुखैरेनि निबासी नायिका थापाले यो भन्दा अगाडी नायिकाको रुपमा “माया मेरो गाउको” फिल्ममा अभिनय गरिसकेकी छिन् ।

 

 

गोर्खा मनकामनाको सुन्तला बारिमा जन्म भएका तनहु आबुखैरेनी मा ब्यबसाय गर्दै बस्नु भएका देबेन्द्र थापा मगर सफल ब्याबसयी हुनुहुन्छ । मिगिन चलचित्र को निर्माण तथा नायक र माया मेरो गाउको मा अभिनय समेत गर्नु भएको देबेन्द्र थापा मीझार चलचित्र मा सह नायक हुनुहुन्छ । 

 

क्रमश: निर्माता सुशान्त पिठाकोटे मगर, प्रस्तुतकर्ता मीवाट पिठाकोटे मगर, निर्माता सरस्वोती पिठाकोटे मगर, निर्माता किरण पुर्जा पुन रहेको छ । त्यस्तै अन्य कलाकरहरु मा डम्बर नबलपरासी, इन्द्र फाल मगर नबलपरासी, कमला मिधुन नबलपरासी, कोट बहदुर बाचे मगर नवलपरासी, प्रेममाया आले मगर चितवन, बिमला थापा मगर गोर्खा, जुन मया पुर्जा दोबा म्यग्दी, सोम बुढाथिकी मगर रुपन्देहि र स्थानिय कलाकारहरु

 

 

निर्देशक सन्तोष पिठाकोटे थापा मगर 

 

घनकुटा जिल्लामा जन्म भएका सन्तोष पिठाकोटेले फिल्म निर्माण कै दौरानमा पोखरामा कर्म थलो बनाई पोखरा निवासी छवि राना मगर संग सयुक्त रुपमा म्याक्सन फोर डि सटुडियो संचालन गर्दै आएका छन् । पिठाकोटेले फिल्म सम्पादनको मुख्य काम गर्थे । सम्पादनको अनुभबको कारण बिस्तारै क्यामरा तिर हात हाले पछि हाल उनी सम्पादक भन्दा छायॉंकनले प्रख्यात भएका छन् भने सम्पादनको पाटो छबि राना मगरले सम्हालेका छन् । मगर, गुरुङ, राई, नेपाली, तामाङ गरी विभिन्न बिधामा छायॉंकन/निर्देशन/सम्पादन/लेखन/सहायक निर्देशन गरी ७५ भन्दा बढी फिल्म र सयौं म्युजिक भिडियोमा योगदान दिसकेका छन् । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो
सम्बन्धित समाचार