ब्रेकिङ न्युज


#नगर प्रमुख

नगर प्रमुख ज्ञानेन्द श्रेष्ठद्धारा स्वास्थ्य चौकी भवन उद्धघाटन 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 26,2018


RatoParkhalनगर प्रमुख ज्ञानेन्द श्रेष्ठद्धारा स्वास्थ्य चौकी भवन उद्धघाटन 

ईखबरपत्रिका संवाददाता – कटारी, पौष ११ 
कटारी नगरपालिका वडा नम्बर १२ बसेरीमा निर्माण गरिएको स्वास्थ्य चौकी नगर प्रमुख ज्ञानेन्द श्रेष्ठले उद्धघाटन गर्नुभएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको मंलवार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।          

Caption

२०६९ साल चैत ३२ गते शिलान्यास भएको उक्त भवन कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभएको वडा नम्बर १२ का वडा अध्यक्ष चन्द्रदिप पौडेलले जानकारी दिनुभयो ।  
२०५३ सालमा स्थापना भएको उप(स्वास्थ्य चौकी ५ वर्षसम्म उ.मा.वि. बसेरीको छात्रावासको एक कोठामा संचालन भएको थियो । उक्त उप(स्वास्थ्य चौकी आज भौतिक पुर्वाधारयुक्त स्वास्थ्य चौकी बनेको स्वास्थ्य चौकी बसेरीका प्रमुख जगदीश यादवले बताउनुभयो  ।          

प्रमुख अतिथि कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सभापति चन्द्रदिप पौडेल, अतिथिहरु २ नम्बरका वडाध्यक्ष प्रेम बहादुर थापा, ७ का वडाध्यक्ष धनकुमार दनुवार, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमको आतिथ्यमा सम्पन भएको उक्त कार्यक्रममा उ.मा.वि.बसेरीका विद्यार्थीहरुले स्वागत गर्दै दक्ष जनशक्ति र अत्याधुनिक मेसिन उपकरणहरु समेत उपलब्ध गराउन भाबसहित कविता प्रस्तुत गरेका थिए । २ करोड लागतमा सम्पन भएको शौचालय सहित २७ कोठे भवन बनेपछि स्थानिय हर्षित बनेका छन् । दुर्गम मानिएको हाम्रो वडामा स्वास्थ्य चौकी भवन बने पछि कटारी ११, १२ नम्बर वडाका करीब २ सय घरपरिवार र दुधौली नगरपालिकाको १४ नम्बर वडाका स्थानियहरु समेतले सेवा लिन सक्ने वडाध्यक्ष चन्द्रदिप पौडेलले बताउनुभयो । सबैको साथ सहयोगले यो भवन बनेको छ उनले भने हामी त जनताको प्रतिनिधि जनताको आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख श्रेष्ठले दक्ष जनशक्ति र स्वास्थ्य चौकीलाई चाहिने आवश्यक उपकरण समेत केही समयपछि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो