ब्रेकिङ न्युज


#मनोरञ्जन

कटारी मगर संघको आयोजनामा १४ ओटै वडाहरुमा मगर संस्कारको चलचित्र “मिझार” प्रदर्शन शुरु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 24,2018


RatoParkhalकटारी मगर संघको आयोजनामा १४ ओटै वडाहरुमा मगर संस्कारको चलचित्र “मिझार” प्रदर्शन शुरु

ईखवरसम्वादाता
९ पौष, २०७५


कटारी मगर संघको आयोजनामा मगर संस्कार बोकेको चलचित्र “मिझार” प्रदर्शन शुरु भएको छ । पौष ८ गतेबाट कटारी न.पा. को वडा नं. ५ खाडिखोपबाट प्रदर्शन शुरु भएको उक्त चलचित्र न.पा.को १४ ओटै वडाहरुमा प्रर्दशन हुने नेपाल मगर संघ कटारीका नगर सचिव नयन बलम्पाकी मगरले बताउनु भयो ।

 


काठमाण्डौ, पोखरा, आबु खैरेनी र गोर्खामनकामनामा छायांकन गरिएको उक्त चलचित्रले लोप हुँदै गएको मगर जातिको संस्कार संस्कृतिलाई जगेर्ना गर्ने र मगर जाती भित्र रहेका युवाहरुको कला र खुवी अनुसारकै विधामा लागेर मेहेनत गरे सफल अवश्य भईन्छ भन्ने सन्देश प्रवाह हुने चलचित्र निर्देशक सन्तोष पिठाकोटे मगरले बताएका छन् । यस चलचित्रमा मुख्य पात्र नायक रमेश बाबु थापा मगर र नायिका मोनिका थापा मगर साथै दिलु रम्जाली मगर रहेका छन् ।

 


    अन्य कलाकारहरुमा अनिता राना मगर (यु.के. मगर संघका उपाध्यक्ष) किरण पुन मगर, देबेन्द्र थापा मगर, बिमला थापा मगर, इन्द्र फाल मगर, कोट बहादुर बाचे मगर, कमला मिधुन मगर र प्रेम माया आले मगर रहेका छन् ।
म्याक्सन फोर.डी स्टुडियोको प्रस्तुतीमा निर्माण गरिएको मगर कथानक चलचित्र “मिझार” सन्तोष पिठाकोटे मगरको कथा लेखन र छायांकन,सम्पादन र निर्देशन रहेको छ । सुशान्त पिठाकोटे मगर, सरस्वती पिठाकोटे मगर र किरण पुन मगरको निर्माण रहेको छ ।

 


मिवाट पिठाकोटे मगरको प्रस्तुतीमा रहेको “मिझार” चलचित्रलाई रङ संयोजन तथा भिडियो एनिमेशन छविराना मगरले गरेका छन । चेतन रजाली मगरको गीत संगित रहेको छ ।

चलचित्र “मिझार” को ट्रेलर भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो