#उदयपुरमा

उदयपुरमा ठूलो मात्रामा कारवाही र राजस्व संकलन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 19,2018


RatoParkhalउदयपुरमा ठूलो मात्रामा कारवाही र राजस्व संकलन

ईखबरपत्रिका संवाददाता–कटारी, असोज २ 
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले आर्थिक वर्ष २०७४÷०७५ मा ठूलो मात्रामा सवारी साधन कारवाही र राजस्व संकलन गरेको छ । 
साना ठुला गरि १२ हजार एक सय ६४ वटा सवारी साधनलाई कार्वाही गरी एक करोड ३२ लाख २१ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफि प्रहरी कार्यालय उदयपुरका इन्चार्ज लोकबहादुर दियालीले बताए ।
    कार्वाहीमा बढी मोटरसाईकल परेको देखिन्छ । सदरमुकाम गाईघाट लगायत जिल्ला ट्राफिक अन्तरगतका युनिटहरु कटारी, बेल्टार लगायत विभिन्न ठाउँमा चेकजाँचको क्रममा उक्त परिमाणको कार्वाही र राजस्व संकलन भएको हो ।
    एकसय २५ वटा सवारी साधन दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको थियो । ६८ जना गम्भिर घाईते भएको र ६७ जना सामान्य घाईते भएका थिए । ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु पनि सन्चालन गरिएको जनाईएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो