#तालिम

जनप्रतिनिधिलाई तालिम

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 19,2018


RatoParkhalजनप्रतिनिधिलाई तालिम

ईखबरपत्रिका संवाददाता– असोज २ 
    मानव अधिकार र सामाजिक न्यायका सवालमा निगरानी समुह र जनप्रतिनिधिलाई सक्षम बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दुई दिने क्षमता अबृद्धी तालिमको आयोजना गरेकोछ । 
    रौता गाउँपालिका वडानं ७ मुर्कुची बजारमा आयोजना गरिएको तालिममा उदयपुरगढी गाउँपालिका ८ र रौतामाई गापा ७ का जनप्रतिनिधि र मानव अधिकार निगरानी समुहका सदस्यहरुको उपस्थिति रहेको छ । 
    दुई दिनसम्म सञ्चालन हुने तालिममा इन्सेक प्रदेशनं १ का संयोजक सोमराज थापा, कार्यक्रम अधिकृत वागमता कटेल, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का र अधिवक्ता हिमाल खड्काले सहजिकरण गर्ने भएका छन् । 
    तालिममा विशेषगरी मानव अधिकार अवधारणा र राज्यको दायित्व, विकास, दिगो विसकाका लक्ष्यहरु, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका बुझाई तथा अभ्यास, लवि, एडभोकेसी तथा उत्प्रेरणा र सहजिकरणका विषय बस्तुका उठान गरिने भएको छ । 
    त्यसैगरी नेपालको संबिधान २०७२ मा व्यवस्था गरिएको मौलिक हक र मौलिक हक उपचारका लागि स्थानीय सरकारको भुमिका, सुशासन, पारदर्शिता, जवाफदेहिता, गाउँपालिकामा देखिएका शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका सवालमा संञ्चार र समन्वयको भुमिका, सहभागितामुलक र समावेशी योजना तर्जुमा प्रकृया र इन्सेक अभियानका बारेमा पनि जानकार दिने इन्सेकका क्षेत्रीय प्रमुख सोमराज थापाले जानकारी दिए । 
    तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले          जनताको वलबाट राजनीतिक आन्दोलन पुरा भईसकेको र उपलब्धिसमेत देखिसकेकाले मानवअधिकारकर्मीको अवको भुमिका उपलब्धि रक्षा र कार्यान्वयमा राज्यलाई दवाव दिनु रहेको बताए । 
    उनले देशलाई स्थिर राख्न र जनतालाई समृद्धशाली बनाउन आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई जोडदारकासाथ उठान गर्नु पर्ने धारणा व्यक्त गरे । परियारले नागरिकलाई प्रत्यक्ष फाईदा पुग्ने गरी जनप्रतितिनिधिहरुले योजनाको विशिष्टिकरण गर्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा समन्वय समितिका सदस्य बेधविक्रम थापाले कतिपय जनप्रतिनिधिहरुले बस्तुस्तरका योजना छनौट नगर्दा जनताको जनजीविकाको सवालमा नै आघात पुग्ने भएकाले अधिकारकर्मीको ध्यान त्यतातर्फ जानु पर्ने सुझाब दिए ।
    त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले अधिकार र कर्तव्यलाई सँग सँगै लिएर अघि बढ्न सके मात्र मानवअधिकार संरक्षण र सम्र्बद्धन हुने बताए । त्यस्तै गैसस महासंघका अध्यक्ष महेश्वरी राईले मानव अधिकार संरक्षण र सम्र्बद्धन राज्यको दायित्व भित्र पर्ने भएकाले समान हकका लागि राज्यका प्रतिनिधिहरु स्वयंम लागि पर्नु पर्ने धारणा व्यक्त गरिन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो