#सम्मानित

कटारीका पत्रकारहरु सम्मानित

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 14,2018


RatoParkhalकटारीका पत्रकारहरु सम्मानित

 

२८साउन , सोमबार

कटारी–उदयपुरको कटारी–३ मा रहेको महादेव गुफा व्यवस्थापन समितिले गुफाको प्रचार प्रसारमा दिएको योगदानको कदर गर्दै कटारीका पत्रकारहरुलाई आज सम्मान गरेको छ । साउन महिनाको अन्तिम सोमबार एक कार्यक्रमको आयोजना गर्दै कटारी पत्रकार समाजका संयोजक ऋषि राई , उदयश्री मिडिया प्रालिका प्रवन्धक रेनु पराजुली , युके एफ एम १०६.८ मेगाहर्जका समाचार प्रमुख रविन्द्र भट्टराई , ईखबर पत्रिका डटकमका प्रधान सम्पादक राजु मगर , पत्रकार अभि लामिछाने र युके एफ एमकै संञ्चारकर्मी प्रकाश राउतलाई समितिले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राम पोखरेलले सम्मान गर्दै पत्रकारहरुले संञ्चारमाध्यमबाट गुफालाई गरेको प्रचार प्रसारको प्रशंसा गर्नुभयो । त्यसैगरी नगरपालिकाकै पहिलो र उत्कृष्ट धार्मिकस्थल बनाउन पहल गर्ने बताउनुभयो । समितिका अध्यक्ष रत्नबहादुर सुनुवारले पत्रकार लगायत गुफाको सम्पूर्ण क्षेत्रमा सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।कार्यक्रममा श्री रणशार्दुल गण कटारीका मेजर भुपेन्द्र रेग्मी , उदयपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मुना कटुवाल , एकादशी महिला किर्तन समूह , प्रहरी कार्यालय कटारी , शसस्त्र वेस क्याम्प कटारीका प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।

त्यसैगरी स्वयंसेवकहरुलाई समेत अध्यक्ष सुनुवारले सम्मान गर्नुभयो। यसैबीच आज साउनको अन्तिम सोमबार विहानैदेखि दर्शनार्थीहरुको घुईचो लागेको थियो । गुफामा पुजा आराधना गर्न कटारीसँगै सिन्धुलीको पूर्वी क्षेत्रका गरी हजारौं दर्शनार्थीहरु गुफा पुगेका थिए । पछिल्लो समय गुफामा व्यवस्थापन पक्षमा सुधार , मनोरम वातावरण , सरसफाई , भौतिक संरचना र प्रचार प्रसारका कारण आउने दर्शनार्थीहरुको घुईचो लाग्ने गरेको छ । गुफामा विहानै देखि भजन किर्तनका कार्यक्रमहरु संञ्चालन भएका थिए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो