#khadmandu

विद्यार्थीले क्याम्पस प्रमुखलाई थुने तीन घण्टासम्म कार्यकक्षमै ....................

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 10,2018


RatoParkhalविद्यार्थीले क्याम्पस प्रमुखलाई थुने तीन घण्टासम्म  कार्यकक्षमै ....................


काठमान्डौँ कोटेश्वरस्थित कोटेश्वर बहुमुखि क्याम्पसमा साउन २४ गते स्वतन्त्र विद्यार्थी युनियनको संयोजकत्वमा विद्यार्थीहरुले ताला लगाउनुका साथै क्याम्पस प्रमुखलाई ३ घण्टासम्म कार्यकक्षमै थुनेका छन्  । क्याम्पसमा बिना औचित्य शुल्क वृद्धि , स्वबियुको हिसाब किताब , नियमित कक्षा , पुस्तकालयमा किताबको ब्यबस्था लगायत ६ बुदे मागको बेवास्ता गरेको भन्दै  ताला लगार्ईएको हो

क्याम्पसमा १५ मिनेटसम्म सम्पुर्ण विद्यार्थीहरुले टाउकोमा कालो पट्टि लगाउनुका साथै पम्पेल्ट सहित  विरोध प्रदर्शन गरेका थिए । उक्त विरोध प्रदर्शन पछि क्याम्पस प्रमुखको कार्यकक्षमा जाँदा अन्य शिक्षक निस्केको तर क्याम्पस प्रमुख ननिस्किए पछि करिब ३ घण्टा सम्म कार्यकक्षमै थुनेको क्याम्पसका स्ववियु अध्यक्ष माधब अधिकारीले जानकारी दिए । ३ घण्टा पछि क्याम्पस प्रमुखलाई खोलीएको र पुन ताला लगाइएको छ ।

२७ गते आइतवार सम्म पनि मागहरु पूरा नभए पठपाठन थप्प पारीने छ स्ववियु अध्यक्ष अधिकारी बताउँछन । 
विद्यार्थीका उक्त मागहरुे  १० दिनसम्म पनि वेवास्ता गरेको र कुनै वास्ता नदेखाएको कारण   बिद्यार्थी संगठन आन्दोल गर्न वाध्य भएको स्ववियु सचिव विक्रम पोखरेल बताउँ  छ्न ।   


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो