ब्रेकिङ न्युज


#जेष्ठ

कटारीका जेष्ठ नागरिकहरुलाई सम्मान 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 22,2018


RatoParkhalकटारीका जेष्ठ नागरिकहरुलाई सम्मान 

ईखरपत्रिका संवाददाता- कटारी श्रवण ०५ 
    कटारीका जेष्ठ नागरिकहरुलाईसम्मान गरिएको छ । कटारी नगरपालिकाको आर्थिक सहगोग तथा जेष्ठ नागरिक नगर कमिटि कटारीको आयोजनामा शनिवार जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । 
प्रत्येक वडाका ५ जना जेष्ठ नागरिकहलाई सम्मान गरिने कार्यक्रम अन्तर्गत शनिवार १ देखि ७ नम्वर वडासम्मका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको अध्यक्ष डाक बहाद्ुर थापाले बताउनुभयो । वहाँले बाँकी वडाहरु पनि यथासिर्घ सम्मान कार्यक्रम राख्ने जानकारी दिनु्भयो । 

कार्यक्रममा प्रमुख अतिथी कटारी नगरपालिकाका उप प्रमुख भिम कुमारी राउतले जेष्ठ नागरिकको हकहित र संरक्षणमा सदैव लागि पर्ने बताउनुभयो । जेष्ठ नागरिक सम्मान कार्यक्रले एकआपसमा सदभाव र भेटघाट हुने वातावरण सिर्जना हुने भएकोले उपलब्धी मुलक हुने बतानु्भयो । यसैगरी जेष्ठ नागरिक नगर कमिटिका अध्यक्ष डाक बहादुर थापाले जेष्ठ नागरिक सम्मान कार्यक्रमले उर्जा थपिने भएको हुँदा बाँच्ने रहर जागेर आउने बताउनुभयो । सम्मान कार्यक्रमा ४५ जना  जेष्ठ नागरिकहरुलाई ढोसल्ला,जुक्ता,छाता लगायतका सामाग्री वितरण गरिएको थियो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो