ब्रेकिङ न्युज


#काठमाडौं

चीनबाट काठमाडौं ओर्लेपछि ओली– ‘रेलमा लगानी चीनकै, हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं'

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 25,2018


RatoParkhalचीनबाट काठमाडौं ओर्लेपछि ओली– ‘रेलमा लगानी चीनकै, हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं'

 १० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीका विरुद्धमा नेपालले कार्ड नखेल्ने बताउनुभएको छ । इमान्दार कुटनीतिक प्रयासमार्फत् छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने उहाँले बताउनुभयो ।

चीनको छ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले एकका विरुद्ध अर्कोलाई प्रयोग गरेर कार्ड नखेल्ने बताउनुभएको हो ।

‘हामी छिमेकीविरुद्ध कार्ड खेल्दैनौं, प्रतिकूल परिस्थितीमा पनि दृढताका साथ उभिन्छौ,’ उहाँले भन्नुभयो, ‘हामी इमान्दार कुटनीतिक प्रयास गर्छौं, इमान्दार छिमेक र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्छौं ।’ उहाँले अब नेपाललाई पारवहनको प्रयोग र यातायातको प्रयोगका लागि समस्या नभएको बताउनुभयो ।

नेपालमा रेल पुर्‍याउन शी प्रतिबद्ध

प्रधानमन्त्री ओलीले नेपालमा रेल पुर्‍याउन चिनियाँ राष्ट्रपति शी चिनफिङ प्रतिवद्ध रहेको पाइएको बताउनुभयो । हिमाल पारिबाट रेल ल्याउने नयाँ प्रविधि भएकोले परिपक्क ढंगले सर्भे गरेर मात्र रेल्वेको काम शुरु हुने ओलीले बताउनुभयो ।

‘रेल्वे सञ्चालनको सन्दर्भमा यो नयाँ विकास पनि हो । यसर्थ यसमा धेरै हरातोभन्दा परिपक्क ढंगले काम गर्नुपर्ने हुन्छ । डिटेल सर्भेको काम गरेर केही वर्षमा काम शुरु हुन्छ,’ ओलीेले भन्नुभयो, ‘राष्ट्रपति शीले नेपालमा रेल पुर्‍याउने आफ्नो भिजन रहेको कुरा वार्ताको क्रममा बताउनुभएको छ ।’

रेल्वे लाइनमा लगानी चीनले नै गर्ने उहाँले बताउनुभयो । ‘जो संग पैसा छ उसैले गर्ने हो, पैसा नहुनेले लगानी गर्नु पर्दैन’ उहाँले भन्नुभयो ।

राजकीय भ्रमणका शिलशिलामा असार ५ गते चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री ओली आइतवार स्वदेश फर्किनुभएको हो


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो