#युएईमा

अवुदावी युएईमा “प्रवासी आवाज म्युजिक धमाका १” हुने । गायिका पुजा सुनुवार र गायक शिव थापा मगरको वेजोड प्रस्तुती रहने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 20,2018


RatoParkhalअवुदावी युएईमा “प्रवासी आवाज म्युजिक धमाका १” हुने । गायिका पुजा सुनुवार र गायक शिव थापा मगरको वेजोड प्रस्तुती रहने

ईखबरपत्रिका संवाददाता– असार ५ 
    कोइँच अनलाइन खबरबाट संञ्चालीत प्रवासी नेपाली साथी समूह युएईले “प्रवासी आवाज म्युजिक धमाका १” को आयोजना गर्ने भएको छ । जुलाई १३ तारिखमा युएई को राजधानी आबु दाबी जनचेतनामूलक कार्यक्रम प्रवासी म्युजिक धमाका–१ हुने भएको हो । 
    कार्यक्रमको आकर्षणको रुपमा गायिका पुजा सुनुवार,गायक शिव थापा मगर, गायक तथा संगितकार युवा राज मुखिया (रमेश) र साथमा लोक गायिका आयुसा सुनुवारको उपस्थिति रहने आयोजकका अध्यक्ष मोहन सुनुवारले बताउनुभयो । साथमा स्थानिय कलाकारको समेत प्रस्तुती  रहनेछ  । 
    प्रवासी नेपाली साथी समूह युएईले पहिलो पटक  आयोजना गर्न लागेको कार्यक्रममा गायिक पुजा सुनुवारले चर्चित गित ट्युसन पढाउँछु  र गायक शिव थापा मगर आजै हो तिमिलाई देखेको लगायतका गितहरु गाएर मनोरञ्जन दिनेछन् । 
    कार्यक्रमले आगामी दिनमा रोजगारी सिलसिलामा विदेश जाने नेपालीहरूको लागि निकै नै टेवा पुगने सस्थापक अध्यक्ष मोहन सुनुवारले जानकारी दिनुभयो । सुनुवार सेवा समाज युएई,प्रवासी अनलाइन खबर युएई,एभरेस्ट पेईट रेस्टुरेन्ट मुसफा अबुदावि,मितेरी नेपाल युवा समूह सिरहा नेपाल,कोइँच अनलाइन खबर,सुनुवार डिजिटल प्रोडक्स,सेरेमफु युवा क्लव दोलखा नेपाल,हाम्रो उदयपुर अनलाइन रोधि घर,कोइँच कुम्सो खिं काठमाडौं नेपाल,नयाँ पत्रिका,साप्ताहि मिडिया सहयोगीको रुपमा रहेने छन् भने कुवेत बाट कोइँच अनलाइन खबर डट कमका सल्लाहकार सोम माया सुनुवार को अर्थिक सहयोग रहेको छ । कार्यक्रम जुलाई १३ तारिख बिहान ९ः०० बजे देखि साझ ६ः०० बजे सम्म रहने छ । कार्यक्रम आबुदावि मलयाली समाज हल मुसफामा संचालन हुन गईरहेको यो जनचेतनामूलक कार्यक्रममा सबै नेपाली हरूको सहभागीता रहनु पार्ने जानकारी प्रवासि साथि समुहले जानकारी दिएको वछ । कार्यक्रममा नाटक अमुल्य जिवन,हास्य ब्याङ्गा,नृत्य र नेपाल देखि आउनु भएका कलाकारहरू बेजोड प्रस्तुति समेत रहनेछ । 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो