#काठमाडौं

उत्तर कोरियाबाट अब डर छैन, ढुक्कले सुते हुन्छ : ट्रम्प

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 14,2018


RatoParkhalउत्तर कोरियाबाट अब डर छैन, ढुक्कले सुते हुन्छ : ट्रम्प

३१ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता किम जोङ–उनसँग सिंगापुरमा ऐतिहासिक शिखरवार्ता गरेपछि बुधवार वाशिङटन आइपुगेका छन् । एन्ड्रु एयरबेसमा झर्नेबित्तिकै ट्रम्पले शिखरवार्ता सफल भएको भन्दै दुईवटा ट्वीट लेखे ।

दोस्रो ट्वीटमा उनले पूर्वराष्ट्रपति बाराक ओबामामाथि आक्रमण गर्दै जुन उत्तर कोरियालाई सबभन्दा ठूलो र खतरनाक समस्या मानिन्थ्यो अब त्यो नरहेको र सबैजना ढुक्कले सुते हुन्छ लेखे । 

पहिलो ट्वीटमा उनले उत्तर कोरियाबाट अब आणविक आक्रमणको कुनै खतरा नरहेको लेखे । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो