ब्रेकिङ न्युज


#चितवन

बिप्लवका कार्यकर्ता पक्रन गएका प्रहरीमाथि इँट्टा र ढुङ्गा प्रहार

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 10,2018


RatoParkhalबिप्लवका कार्यकर्ता पक्रन गएका प्रहरीमाथि इँट्टा र ढुङ्गा प्रहार

 २७ जेठ-  बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते हुनुभएको हो ।

उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । धोबीको टाउकामा चोट लागेको आचार्यले बताउनुभयो । सो क्रममा बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नसकिएको आचार्यले बताउनुभयो । प्रजिअ जितेन्द्र बस्नेतले बिसीका अंगरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताउनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो