ब्रेकिङ न्युज


#उदयपुरमा

उदयपुरमा ६ महिनामा ३० वटा हिंसाका घटना

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 9,2018


RatoParkhalउदयपुरमा ६ महिनामा ३० वटा हिंसाका घटना

ईखबरपत्रिका संवाददाता- गाईघाट जेष्ठ २४ 
    पछिल्लो ६ महिनामा जिल्लामा ३० वटा मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटनाहरु घटको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले शुक्रबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९ मा समेटिने घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्यांक देखाइएको हो । 
    घटनामध्ये वम विस्फोटबाट बालक घाईते १, घरेलु हिंसा ९ वटा, महिला बलात्कार तथा बलात्कारका प्रयास ९ वटा, बालिकामाथि बलात्कार र बलात्कार प्रयास ५ वटा, अपहरणपछि बालिका बलात्कार १ वटा, वहुविवाह २, कर्मचारीमाथि दुव्र्यवहार २ र जनप्रतिनिधिमाथि दुव्र्यवहार १ वटा रहेको जिल्ला प्रतिनिधि भरत खड्काले बताए ।
    यसैविच राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरले शुक्रबार नै जिल्लाको मानव अधिकारको अबश्था बारे विश्लेषण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले हिंसा न्युनिकरणका लागि जनप्रतिनिधिहरु लागि पर्ने बताए । उनले विधीको शासन प्रयोग गर्नु नै मानवअधिकारको सम्मान र सम्र्वद्धन रहेको बताए ।
    परियारले मानव अधिकार संरक्षण सम्र्बद्धन सबैको दायित्व भएकाले कर्तव्यसँगै दायित्वलाई भुल्न नहुने बताए । उनले संबिधानले नै सबै नेपालीलाई समान र बाँच्न पाउने अधिकार सुनिश्चित गरिसकेकाले त्यसको कार्यान्वयनका लागि नागरिकको सकृयता बढाउनु पर्ने धारणा व्यक्त गरे । 
    कार्यक्रममा आयोगका क्षेत्रीय उपनिर्देशक दिपेन्द्रबहादर सिंहले मानव अधिकार संरक्षण र सम्र्बद्धनमा थुप्रि चुनौती देखिएकाले सबै क्षेत्रले बनेका कानुन कार्यान्वयनमा सघाउ पुर्याउनु पर्ने बताए । उनले पछिल्लो समयमा मानवअधिकार विरोधी गतिबिधसाथै आयोगले मागेका दस्तावेज र बोलाएको बेला अनुपस्थित हुनेलाई कालोसुचीमा राख्ने तयारी भईरहेको जानकारी दिए । 
    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले कानुन कार्यान्वयनमा जोड दिँदै प्रहरी मानव अधिकार प्रति जिम्वेवार रहेको बताए । त्यस्तै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कुमारबहादुर खड्काले कानुन पूर्णरुपले वनिनसकेको र केहि बन्नेक्रममा रहेकाले कार्यान्वयनचरणमा ढिलाई भएको बताए ।
    कार्यक्रममा सहभागि वक्ताहरुले इन्सेकको बर्षपुस्तक मानवअधिकार सम्बन्धी गतिलो दस्तावेज भएको हुँदा यसमा समेटिने घटना सत्यतत्यमा आधारित रहनु पर्नेमा जोड दिए । उनीहरुले ग्रामिण तहमा भएका घटनाहरु अझै वाहिर आउन नसकेकाले तिनीहरुलाईसमेत सार्वजानिक गरिनु पर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले जिल्लाको मानव अधिकार सबन्धि आधार पत्र प्रस्तुत गरेका थिए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो