#काठमाडौं

बजेटमाथि संसदमा कांग्रेसको आरोपै आरोप- जनतालाई निराश बनाइयो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 1,2018


RatoParkhalबजेटमाथि संसदमा कांग्रेसको आरोपै आरोप- जनतालाई निराश बनाइयो

१७ जेठ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले संसदमा पेश गरेको बजेटले जनतालाई निरुत्साहित बनाएको आरोप लगाएको छ । चर्को राष्ट्रवादको नारा छाडे जस्तै बजेटले चुनावी नारा छाडेको कांग्रेसको टिप्पणी छ । 

प्रतिनिधि सभामा बजेटमाथि बिहीवारबाट शुरु भएको सामान्य छलफलमा भाग लिँदै कांग्रेस नेता डा मीनेन्द्र रिजालले अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गरेको बजेट प्राथमिकता बिहीन कार्यक्रमको फेहरिस्त भएको आरोप लगाएका हुन् ।

‘बजेटले निजी क्षेत्रको लगानी हतोत्साहित गराउने कार्यक्रम देखिन्छन् । आम नागरिक कर र ऋणको बोझामा पर्नेछन् । जनतालाई झनबढी निरुत्साहित गरेको छ’ रिजालले भने । 

रिजालले बजेट निर्माणको बिषयमा प्रमुख प्रतिपक्षी दलसंग कुनै छलफल नगरिएको गुनासो गरे । रिजालले बजेटले बिकृत पूँजीवादलाई बढवा दिने दावी गरे । 

‘चर्को राष्ट्रवादको नारा छाडे झै बजेटले चुनावी नारा छाडेको छ, कम्युनिट सृड्गाररस भरिएको कार्यक्रम बजेट प्राथमिकता विहीन छ’ उनले भने ।

रिजालले व्यक्तिको अहंकार र व्यक्तिको हठवाट समृद्धिको यात्रा शुरु हुन नसक्ने टिप्पणी गरे । संसदमा बजेट माथिको छलफल गरियोस भन्ने प्रस्ताव पेशगर्दै अर्थमन्त्री खतिवडाले बजेटले सीमान्तकृत समुदायलाई समेटेको बताएका थिए । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो