# काठमाडौं

सन्दीपले विश्व ११ बाट आज वेष्ट इन्डिजविरुद्ध खेल्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 1,2018


RatoParkhalसन्दीपले विश्व ११ बाट आज वेष्ट इन्डिजविरुद्ध खेल्दै

 समयअनुसार राति १० बजेर ४५ मिनेटमा शुरु हुने खेलमा उनी खेल्न लागेका हुन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेरे चर्चा बटुलेका सन्दीपले वेष्ट इन्डिजविरुद्ध खेल्न लागेका हुन् । उनको यो खेललाई पनि आईपीएल जस्तै चासोका साथ लिइएको छ ।

इंग्ल्याण्डको लर्डस्मा हुने खेलमा नेपालका सन्दीपले विश्व ११ बाट खेल्ने छन् ।  विश्व ११ टिमबाट खेल्न लागेका सन्दीप पहिलो नेपाली खेलाडी हुन् ।

सन्दीप रहेको विश्व एघारको कप्तानी पूर्व पाकिस्तानका कप्तान साहिद अफ्रिदीले गर्दैछन् । टिममा सन्दीपसँगै कप्तान साहिद अफ्रिदी, तमिम इक्वाल, रासिद खान, सोयब मलिक, दिनेश कार्तीक, मिचेल म्याक्लागन, साम विलिङ्स, थिसारा परेरा, आदिल राशिद, मोहम्मद सामी र लुकी रोन्ची रहेका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो