ब्रेकिङ न्युज


# काठमाडौं

मरेर’ फेरि ब्युँतिए रुसी पत्रकार बाब्चेन्को

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 31,2018


RatoParkhalमरेर’ फेरि ब्युँतिए रुसी पत्रकार बाब्चेन्को

 १७ जेठ – हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्चेन्को जिउँदै रहेको युक्रेनले नाटकीय रूपमा घोषणा गरेको छ । मस्कोले आफूलाई मार्नका लागि गरेको षड्यन्त्रलाई असफल बनाउन मृत्युको नाटक गरेको उनले बताए । 

प्रेस सम्मेलनमा मुस्कुराउँदै अनि अलिकति लज्जित जस्तो देखिएका बाबचेन्कोले आफ्नी पत्नीलाई चिन्तित तुल्याएकोमा माफी मागे तर मृत्युको झुटो खबर फैलाउनुको विकल्प नरहेको बताए । 

‘ओलेच्का, म माफी चाहन्छु तर मसँग कुनै विकल्प थिएनन्,’ बाबचेन्कोले भने । ‘मैले तिमीलाई चिन्ता पाल्नुपर्ने स्थितिमा पु–याएँ । मैले आफ्ना साथी र सहकर्मीहरूलाई धेरैचोटि गाडिसकेको छु ।’

युक्रेनी अधिकारीहरूले मंगलवार वरिष्ठ युद्ध संवाददाता बाबचेन्कोलाई राजधानी किएभस्थित आफ्नो घरबाट पाउरोटी किन्न बाहिर निस्केको बेलामा ढाडमा तीनवटा गोली हानिएको घोषणा गरेका थिए । उनकी पत्नीले उनलाई रगतको
आहालमा डुबेको देखेको अनि बाब्चेन्को अस्पताल जाँदा एम्बुलेन्समै मरेको पनि उनीहरूले बताए । 

युक्रेनका प्रधानमन्त्री भोलोदिमिर ग्रोइसम्यानले बाब्चेन्कोको ‘मृत्यु’ का लागि तत्कालै क्रेमलिनलाई दोष लगाए अनि उनको व्यावसायिक कर्मका लागि उनलाई लक्षित गरिएको बताए । षड्यन्त्रलाई सत्य जस्तो देखाउन अधिकारीहरूले
संदिग्ध हत्याराको स्केच पनि सार्वजनिक गरे । बेसबल क्याप लगाएको एक दाह्रीवाल मानिसको स्केच उनीहरूले बनाएका थिए । 

तर बुधवार बाब्चेन्कोले यो सबै नाटक भएको स्वीकारे । यो सुनेर पत्रकार सम्मेलनमा उपस्थित संवाददाताहरू तीनछक्क परे ।

बाब्चेन्को रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् र उनी आफूमाथि खतरा रहेको बताउने गर्छन् ।


 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय