#काठमाडौ

च्यारीटी म्याच खेल्न सन्दीप बेलायत जाँदै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 29,2018


RatoParkhalच्यारीटी म्याच खेल्न सन्दीप बेलायत जाँदै

१५ जेठ– नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बेलायत जाँदै छन् । 

बेष्ट ईण्डिजबिरुद्धको च्यारीटी म्याच खेल्न उनी बेलायत जान लागेका हुन् । विश्व ११ टोलीमा परेका लामिछाने राती लण्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

विश्व ११ र बेष्ट ईण्डिजबीचको खेल लर्डसमा बिहीबार हुनेछ । बेष्ट ईण्डिजमा गतवर्ष आएको आँधिका कारण क्षतीग्रस्त भएका रंगशाला पुर्न्निर्माणमा सहयोग जुटाउन मैत्रीपुर्ण क्रिकेट हुन लागेको हो । 

बिश्व ११ मा सन्दीपसँगै विश्वचर्चित खेलाडीहरू तामिम ईकबाल, लुक रोची, सहिद अफ्रिदी, सोएव मल्लीक, दिनेश कार्तिक, हार्दिक पाण्डेय, तिसरा परेरा, रासिद खान, मिचेल म्याकलेघन रहेका छन् । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो