#काठमाडौ

अपराह्न चार बजे बस्ने संघीय संसद्मा बजेट प्रस्तुत हुँदै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 29,2018


RatoParkhalअपराह्न चार बजे बस्ने संघीय संसद्मा बजेट प्रस्तुत हुँदै

१५ जेठ– सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यसका लागि अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बोलाइएको छ ।

बैठकमा संविधानको धारा ११९ अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू प्रस्तुत गर्नेछन् । 
संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्य्विधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्ने छन् । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो