ब्रेकिङ न्युज


# काठमाडौं

आईपीएलको फाइनल आज, हैदराबादले बनाउला इतिहास कि चेन्नईले राख्ला वर्चस्व ?

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 28,2018


RatoParkhalआईपीएलको फाइनल आज, हैदराबादले बनाउला इतिहास कि चेन्नईले राख्ला वर्चस्व ?

 १३ जेठ – इन्डियन प्रिमियर लीग (आईपीएल) को फाइनल आइतवार मुम्बईको वान्खेडे स्टेडियममा खेलिँदैछ । सनराइजर्स हैदराबाद र चेन्नई सुपरकिंग्सबीचको फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । एकसँग राम्रो बलिङको शक्ति छ भने अर्कोसँग अनुभवको प्राचुर्य छ ।

केन विलियम्सनको नेतृत्वमा हैदराबादले कम स्कोरलाई पनि सफलतापूर्वक प्रतिरक्षा गरेर सबैलाई आश्चर्यचकित पारेको छ । तर धोनीको नेतृत्वमा रहेको चेन्नईले हैदराबादलाई यो टूर्नामेन्टका तीनै खेलमा हराएको छ । 

तर यो प्रतिस्पर्धा फरक हो । फाइनलमा पछिल्ला उपलब्धिको हिसाब हुँदैन अनि सबै कुरा नयाँ तरिकाले परिभाषित गर्नुपर्छ । 

क्वालिफायर १ मा हैदराबादलाई हराएर चेन्नई फाइनलमा सीधै पुगेको हो । हैदराबादले भने क्वालिफायर २ मा कोलकातालाई हराएपछि बल्ल फाइनल पुग्ने अवसर प्राप्त भएको हो । 

हैदराबाद लीग चरणको अंकतालिकामा पहिलो स्थानमा रहेको भएपनि उसले अन्तिम तीन म्याचमा चेन्नई, बंगलोर र कोलकाताबाट पराजय बेहोर्नुपरेको थियो । लगातार चार म्याच हारेपछि हैदराबादले शुक्रवार कोलकातालाई हराएको हो । 

हैदराबादले कम स्कोरलाई प्रतिरक्षा गर्ने गरेको छ भने चेन्नई चाहिँ लक्ष्यको चेज गरेर जित्न खप्पिस छ ।  चेन्नईसँग चार दमदार ब्याट्स्म्यान छन् जसले आईपीएलमा ४०० भन्दा बढी रन बनाइसकेका छन् । 

अम्बाती रायुडुले ५८६, महेन्द्र सिंह धोनीले ४५५, शेन वाट्सनले ४३८ अनि सुरेश रैनाले ४१३ रन बनाइसकेका छन् । 

हैदराबादका प्रशंसकहरू सन् २०१७ मा मुम्बईले पुणेविरुद्ध लगातार हारको सिलसिलालाई फाइनलमा तोडेको जस्तैगरी चेन्नईको दबदबालाई ध्वस्त पारेर दोस्रोपटक आईपीएल उपाधि जित्ने अपेक्षा गरिरहेका छन् ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो