ब्रेकिङ न्युज


# काठमाडौं,

नेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्ड्ससँग खेल्ने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 25,2018


RatoParkhalनेपालले पहिलो एक दिवसीय खेल नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं, १० जेठ - नेपाली राष्ट्रिय क्रिकेट टीमले आफ्नो पहिलो एकदिवसीय खेल नेदरल्याण्ड्ससँग खेल्ने भएको छ । नेदरल्याण्ड्सको निम्तोमा आगामी अगष्ट १ र ३ मा नेपाल र नेदरल्याण्ड्सबीच एकदिवसीय खेल हुने पक्का भएको समाचार क्रिकेटको चर्चित साइट क्रिक बज डटकमले लेखेको छ ।

खेल नेदरल्याण्ड्समै हुने पक्का भए पनि कुन मैदानमा हुने भन्ने कुरा भने तय हुन बाँकी छ । नेपाल र नेदरल्याण्डबीच खेल हुने कुरा नेदरल्याण्ड्सका प्रशिक्षक रायन क्याम्पबेलले पुष्टि गरेका छन् ।

त्यसअघि नेपाल, नेदरल्याण्ड्स र एमसीसी क्रिकेट क्लबबीच इंग्ल्याण्डको लर्ड्स मैदानमा त्रिकोणात्मक टी-ट्वान्टी सिरज हुँदैछ । त्यसलगत्तै नेपाल र नेदरल्याण्ड्सले एक दिवसीय सिरिज खेल्न लागेका हुन् ।

नेपालले आईसीसी विश्वकप छनोटमा आठौं हुँदै एकदिवसीय मान्यता पक्का गरेको थियो भने नेदरल्याण्ड्सले त्यसअघि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एकदिवसीय मान्यता पाएको हो ।

विश्वकप छनोटको सातौं स्थानका लागि भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो