ब्रेकिङ न्युज


# लमजुङ

अलैँचीका बिरुवाको मूल्य निर्धारण, प्रतिगोटा कति पर्छ ?

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 25,2018


RatoParkhalअलैँचीका बिरुवाको मूल्य निर्धारण, प्रतिगोटा कति पर्छ ?

लमजुङ, १० जेठ- जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलँैची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो । 

जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु आठसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । 

महासंघ शाखाले पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य रु पाँच कायम गरेको छ भने नर्सरीमा ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा रु आठ कायम गरेको जनाएको छ । 

जिल्लामा अहिले रु १५ लाख अलैँचीका बिरुवाको माग भएको र रु २० लाखभन्दा बढी बिरुवा उत्पादन भएको महासंघले जनाएको छ । गत वर्ष प्रतिबिरुवा रु नौ निर्धारण गरिएको भएपनि यस वर्ष अलैँचीको मूल्य र बिरुवाको माग पनि घटेका कारण बिरुवाको मूल्य घटाइएको महासंघले जनाएको छ । 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो