# बोल माया

बोल माया एक नम्वरमा,प्रकाश र शान्तीको चर्चा चुलियो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 23,2018


RatoParkhalबोल माया एक नम्वरमा,प्रकाश र शान्तीको चर्चा चुलियो

दोहोरी व्याटल मार्फत चर्चामा रहेका लोकप्रिय सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो समय सार्वजनिक भएको नयाँ गीत बोल मायाले तहल्तका पिटेको छ । त्यति मात्र होइन गितले धेरैलाई रुवाएको छ । यो समाचार तयार पार्दा सम्म गित धेरै हेरिएको भिडियो मध्ये एक नम्वरमा रहेको छ ।

अत्यन्तै उत्कृष्ट सो गितमा खोट लगाउने कुनै ठाँउ छैन भने गितको विषयबस्तु समेत सबैका आँखा रसाउने रहेको छ ।

गित सफल बने सँगै गायक तथा सर्जक गायक प्रकाश सपुतको चर्चाले शिखर छोएको छ भने सबैले प्रशंसाको पर्सानै गरेका छन । त्यस्तै गितमा अत्यन्तै न्याय गरेर गायकी गायीका शान्ती श्रीको पनि चर्चा चुलिएको छ । गित सफल बने सँगै निमार्ण युनिट अत्यन्तै खुसि रहेको हामीलाई बताएका छन ।

यो समाचार तयार पर्दा सम्म गितले करिव पाँच लाख दर्शक बनाइसकेका छ भने गितको लय शव्द प्रकाश सपुतले बनाएका हुन । साथै गितमा अञ्जली अधिकारी,प्रकाश सपुत र साथीहरुको अभिनय रहेको छ । गितमा बरिष्ठ गायक नारायण रायमाझीको आवाज समेत सुन्न सकिन्छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो