ब्रेकिङ न्युज


#मिलन डायरी

तेजेन्द्र प्रसाद शर्मा सापकोटाको ‘मिलन डायरी’ विमोचन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 22,2018


RatoParkhalतेजेन्द्र प्रसाद शर्मा सापकोटाको ‘मिलन डायरी’ विमोचन

ईखबरपत्रिका संवाददाता—गाईघाट जेष्ठ ७ 
    कर्मचारी मिलन केन्द्रद्धारा प्रकाशित ‘मिलन डायरी’को विमोचन गरिएको छ । आईतबार मिलन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटा र प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले संयुक्तरुपमा डायरीको विमोचन गरेका हुन् । 
प्रकाशित डायरीमा समग्र जिल्लाकाको अबश्थाका बारेमा समेटिएकाछन् । विशेषगरी जिल्लाको चिनारीकोरुपमा भौगोलिक अबश्था, ऐतिहासिक तथा धार्मिक, सामाजिक, राजनीतिक अबश्था समेटिएको मिलन केन्द्रका अध्यक्ष रामेश्वर कुँवरले जानकारी दिए । 
त्यसैगरी जिल्लाको प्रशासनिक विभाजन, क्षेत्र विभाजन, स्थानीय तहगत विवरण, निर्वाचित प्रतिनिधिहरु, निर्वाचनमा विजयी दल तथा व्यक्ति, धार्मिक तथा साँस्कृतिक महत्वकाका स्थलहरु लगायतका बिषय बस्तुहरु समेटिएको मिलन केन्द्रका सदस्य देवि पराजुलीले जानकारी दिईन । 
डायरी सार्वजानिक गर्दै न्यायाधिश सापकोटाले सृजनात्मक काम गरेर जनताका मन जित्न कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘अल्छी मान्छे सम्झन लायक हुन्न, व्यक्तिले त्यस्तो मान्छे सम्झन्छ जो सृजनात्मक कामको खोजीमा हुन्छ ।’ उनले हार्ने मान्छेको इतिहास नबन्ने भन्दै इतिहास बनाउनका लागि सधै सृजनात्मक कामको खोजीमा लाग्नु पर्ने बताए । 
त्यसैगरी प्रमुख जिल्ला अधिकारी कार्कीले जनतालाई सिरमा राखेर सेवा दिन सके मात्र जनता प्रतिको विश्वास बढ्ने बताए । उनले स्थायी सरकारको संरचना भनेकै कर्मचारीतन्त्र भएकाले जनतालाई अधिकतम सेवा र सुबिधा दिन आआफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न आग्रह गरे । 
त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले मुलुकको संघिय संरचनासँगै कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेकाले सहज व्यवस्थापनका लागि स्थायी सरकारका प्रतिनिधिहरुलई आग्रह गरे ।
उनले संघिय संरचनालाई कार्यान्वयनमा ल्याउनु पर्ने दायित्व स्थायी सरकारको पनि भएकाले कर्मचारी व्यवस्थापनको सक्रमणकाललाई हटाउनु पर्नेमा जोड दिए । मिलन केन्द्रका अध्यक्ष कुँवरको अध्यक्षता र सदस्य पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा मिलन केन्द्रमा आबद्ध कार्यालय प्रमुख, कर्मचारीहरुको उपस्थिति रहेको थियो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो