ब्रेकिङ न्युज


#खेलकुद

सन्दिपले आईपीएलको तेस्रो खेलमा पनि लिए विकेट

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 21,2018


RatoParkhalसन्दिपले आईपीएलको तेस्रो खेलमा पनि लिए विकेट

६ जेठ, काठमाडौं ।

नेपाली खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो तेस्रो खेलमा पनि विकेट लिएका छन् । उनले आइतबार मुम्बई इन्डियन्स विरुद्धको खेलमा विकेट लिएका छन् ।

द‍िल्ली डेयर डेभिल्सबाट पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले मुम्बई इन्डियन्सका सूर्यकुमार यादवलाई आउट गरेका हुन् ।

पहिलो बलमा चौका, दोस्रो बलमा छक्का दिएका सन्दिपले चौथो बलमा यादवलाई आउट गर्न सफल भए । तेस्रो बलमा २ रन दिएका उनले पाँचौमा १ र छैटौंमा कुनै रन दिएनन् । सन्दिपले पहिलो ओभरमा १३ रन खर्चिएर एक विकेट लिएका हुन् ।

सन्दिपको टिम दिल्ली डेयर डेभिल्सले मुम्बईलाई १७५ रनको लक्ष्य दिएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो