#मनोरन्जन

हेर्ने होइन त ‘हैरान’ ?

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 19,2018


RatoParkhalहेर्ने होइन त ‘हैरान’ ?

विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’ आजबाट देशभरका ८० हलमा रिलिज भएको छ । डान्स फेभरको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई कमेडी र एक्सन जनरामा तयार गरिएको छ ।
नेपालमा पछिल्लो समयमा कमेडी चलचित्रले दर्शकको मन जितिरहेको समयमा ‘हैरान’ले पनि दर्शकलाई हसाँउने तयारी गरेको छ ।

चलचित्रमा सत्यराज आचार्य, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, वुद्दि तामाङ, आरोही शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र हेरेर दर्शक फ्रेस भएर हलबाट निस्कने कलाकार गजित बिष्ट बताउँछन् । पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्देशन गरेका सौगातले दोश्रो कोशेलीको रुपमा ‘हैरान’लाई दर्शकमाझ ल्याएका हुन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो