ब्रेकिङ न्युज


#सहयोग

विपद् व्यवस्थापनका लागि जापानको ६८ करोड बढी सहयोग

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 19,2018


RatoParkhalविपद् व्यवस्थापनका लागि जापानको ६८ करोड बढी सहयोग

४ जेठ, काठमाडौं ।

जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराएको छ ।

 

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको भूकम्पपछिको पुनर्निर्माण, बाढी र पहिरोलगायत विपद् व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदूत ओगावाले नेपालको विपद् व्यवस्थापनका जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।

जापानले नेपालको आर्थिक तथा सामाजिक विकास कार्यक्रमका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

अर्थ सचिव खनालले नेपालको आर्थिक विकासमा जापानले उल्लेख्य योगदान दिँदै आएको स्मरण गराए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो