ब्रेकिङ न्युज


#खेलकुद

विश्वकप खेल्ने पोर्चुगल टोलीको घोषणा, युरो जिताउने खेलाडी अटेनन्

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 19,2018


RatoParkhalविश्वकप खेल्ने पोर्चुगल टोलीको घोषणा, युरो जिताउने खेलाडी अटेनन्

४ जेठ, काठमाडौं ।

विश्वकप फुटबल सुरु हुन २५ दिन बाँकी छ । विश्वभरका उत्कृष्ट ३२ देशले सहभागिता जनाउने फुटबल महाकुम्भका लागि अन्तिम २३ सदस्यीय टोलीको घोषणा हुन थालेको छ ।

 

जुन ४ तारेख सम्ममा सबै देशले आˆनो २३ सदस्यीय टोलीको नाम घोषणा गरिसक्नु पर्ने नियम रहेको छ । रसियामा हुन विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ । जसका लागि पार्चुगलले पनि आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।

बार्सिलोनाका मिडफिल्डर आन्द्रे गोमेस, बार्यन म्युनिखका रोबर्टो सान्चेज टिममा पर्न सकेनन् । यस्तै सन् २०१६ को युरो कप फाइनलमा गोल गरेका स्ट्राइकर एडर पनि विश्वकप टिममा छनोट हुन सकेनन् ।

टोलीको कप्तानी रियल मडि्रडबाट खेल्ने स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गर्ने पक्का भइसकेको छ । विश्वकपमा पोर्चुगल स्पेन, मोरक्को र इरान रहेको समूह ‘बी’ मा परेको छ ।

 

को को परे पोर्चुगलको टिममा ? 

गोलकिपर – एन्थोनी लोपेज, बेटो, रुइ प्याटि्रसियो

डिफेन्डर – ब्रुनो अल्भेस, सेडि्रक सोयरेस, जोस फोन्टे, मारियो रुइ, पेपे, राफेल ग्युरेइयो, रिचार्ड पेरेइरा, रुबेन डायस

मिडफिल्डर – एड्रियन सिल्भा, ब्रुनो फर्नान्डेस, जाओ मारियो, जाओ मोटिन्हो, म्यानिउल फर्नान्डेस, विलियम कार्भाल्हो

फरवार्ड – आन्द्रे सिल्भा, बर्नाडो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गेल्सन मार्टिन्स, गोन्सालो गुडेज, रिचार्डो करिस्मा


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो