#kathmandu

मनिषको व्यस्तता बढ्दो ..............................

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 14,2018


RatoParkhalमनिषको  व्यस्तता  बढ्दो ..............................


नेपाली डान्स किङ्ग भनेर चिनिदै आएका कलाकार मनिष श्रेष्ठ यतिबेला निकै व्यस्त कलाकारको सुचिमा पर्छन् । धेरै कलामा पोक्त उनी हाँस्यकलाकार, गायक, कोरीयकोग्राफर, मोडलको रुपमा प्रस्तुत हुँदै आएका छन् । हिजो आज स्टेज कार्यक्रममा व्यस्त उनीले दर्शक श्रोताको निकै न्यानो माया पाईरहेका छन् । उनको विशेष खुवी भनेको जव स्टेजमा जान्छन उनी पेट मिची मिची दर्शकलाई हसाउँ छन् । त्यसपछि उनि गित गाउन थाल्दछन् । जव उनको आवाजमा गित घन्कन्छ कमै मात्र हुन्छन् स्वरमा स्वर नमिलाउने । त्यतिमात्र काहाँ होर उनको आºनै एम.एस. डान्स कृउ पनि छ । उनको गितमा कृउका कलाकार उनको प्रस्तुती संगसंगै नाच्छन  । त्यस पछि उनी डान्स तर्फ लाग्छन । 
उनी शरीरका हरेक अंग अंग भाच्छन त कहिले खुट्टा काधमा लगाएर फिनीनि घुम्छन र  घरी उफ्रन्छन् त घरी डिलो मोशनमा नृत्य गर्छन । गित सकिए लगत्तै ओन्स मोर, ओन्स मोर, को निकै ठूलो लर्को लाग्छ ।  
एउटा खुट्टा काधमा लगाएर लामो समयसम्म बाईक हाकेर विश्व रेकर्ड राखेका श्रेष्ठले करीब ४ दर्जन भन्दा बढि गितमा शब्द तथा स्वर प्रदान गरेका छन भने  १०० भन्दा बढि म्युजिक भिडियोको कोरीयोग्राफी गरी सकेका छन । त्यसै, गरी उनीले हर्के हवल्दार, टाक्क  टुक्क लगायतको हाँस्य टेलिफिलिमबाट हाँस्य कलाकारको समेत छवि बनाएका छन् ।


उनले पछिल्लो समय कुवेतमा बस्दै आएकी नव गायीका जेनी लिम्बुसंग सहकार्य गरेर गितहरु बजारमा ल्याउने भएका छन् । कुवेतमा बसेता पनि नेपाली गित संगितलाई माया गर्दै आएकी नव गायीक लिम्बु आफु कोरीयोग्राफार तथा गायक श्रेष्ठसंग काम गर्न पाउँदा निकै खुसी भएका बताउँछिन । उक्त गितहरुमा भने एम.एस कृउले नृत्य गर्ने जानकारी प्राप्त भएको छ । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो