ब्रेकिङ न्युज


#कटारीमा

कटारीमा प्रथम राष्ट्रिय बाल महोत्सव तथा व्यपार मेला  चैत्र २८ गतेदेखि

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 2,2018


RatoParkhalकटारीमा प्रथम राष्ट्रिय बाल महोत्सव तथा व्यपार मेला  चैत्र २८ गतेदेखि

ईखबरपत्रिका संवाददता– कटारी, १८ चैत्र 
    कटारीमा प्रथम राष्ट्रिय बाल महोत्सव तथा व्यापार मेला २०७४–७५ चैत्र २८ गतेदेखि हुने भएको छ । जनप्रेमी युवा मञ्चको आयोजना मुख्या आयोजना र राष्ट्रिय बाल क्लव संजाल,कटारी नगरपालिका र उदयपुर उद्योग वाणिज्य संघको सह आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । 
    महोत्वसमा आकर्षणको रुपमा हात्ति र अस्टी«जको  प्रदर्शनी रहनेछ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनप्रेमी युवा मञ्चका अध्यक्ष सुरेश गुप्ताले जनाकारी दिएका छन् । 
    नेपालमै पहिलो पटक हुने लागेको बाल महोत्सवमा बाल उद्यान तथा रमाईलो मेला , स्थानीय उत्पादनको प्रर्दशनी,उदयपुर लिटिल आईडल,कृषिजन्य वस्तुको प्रस्तुती रहेने अध्यक्ष गुप्ताले जनाकारी दिएका छन् । साथै स्थानीय परिकारले पनि स्थान पाउनेछन् । 
    स्वास्थ्य शिविरको समेत रहेने महोत्वसमा बालमैत्री गतिविधि प्रवर्दन गर्न खालमा गतिविधिलाई महत्व दिने आयोजकले जनाएको छ । 
    महोत्वसमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु प्रमोद खरेल,शिव परियार,पशुपती शर्मा,दिनेश काफ्ले,ज्योती मगर,मेलिना राई,कमल खत्री,दिपक लिम्बु,जिग्री पाडेँ,निशान भट्टराई,आस्था राउत,जिगिन्दर पान वाला, अन्जु पन्त, शिव थापा मगर, बल्छि भुर्वे,धुर्मश सुन्तली, दर्शने मनमाया,ईकु,प्रकाश ओझा,प्रशान्त पाण्डे,नेत्र राउत लगायत स्थानीय कलाकारको वेजोड प्रस्तुती रहेको आयोजकले जनाएको छ । 
उदयपुरको उद्योग, व्यबसाय कृषि, पर्यटन, लघुउद्योग, सुचना तथा प्रबिधिको बिकासको लागि आवश्यक व्याबसायिकरण बढाई समस्त आर्थिक तथा पर्यटन क्षेत्र फस्टाउने कार्यलाई दिगो राख्न, बालश्रम र बाल बिवाह न्युनिकरण गर्दै जिल्लालाई लागुपदार्थ दुव्र्यसन मुक्त तथा बालमैत्री जिल्ला बनाउने प्रयासको रुपमा हातेमालो गर्न यस महोत्वसको आयोजना गर्न लागिएको समेत अध्यक्ष गुप्ताले जनाकारी दिए ।   

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो