ब्रेकिङ न्युज


#खेलकुद

सहारालाई ० का विरुद्ध २ गोल गर्दै झापा ११ फाईनलमा 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 29,2018


RatoParkhalसहारालाई ० का विरुद्ध २ गोल गर्दै झापा ११ फाईनलमा 


१४ ,चैत्र , बुधबार
उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपमा रमपम झापा ११ फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमी फाईनलमा सहारा क्लब पोखरालाई ० का विरुद्ध २ गोल गर्दै झापा फाईनलमा प्रवेश गरेको हो ।
खेलको ६ औं मिनेटमै झापाका लागि सरोज कार्कीले गोलको खाता खोलेर झापाले अग्रता लिएको थियो । दोस्रो हाफको ८६ औं मिनेटमा झापाका आशिष चापागाईले सेन्टरबाट एक्लो प्रयासमा बललाई डिबक्स भित्र पुराएपछी नियन्त्रणमा लिएका झापाका कर्ण लिम्बुले गोलमा परिणत गरेसँगै झापाले  गोल संख्या २ पुराउँदै फाईनल यात्रा सुनिष्चित गरेको हो  ।
खेलको म्यान अफ द म्याच झापाका विकास थुलुँग भए । उनलाई समाजसेवी चन्द्रबहादुर तामाङ्ग नगद ५ हजार प्रदान गरे । बिहिबार दोस्रो सेमीफाईनलमा गोर्खाब्वाईज रुपन्देही र संकटाले मैदानमा फाईनलमा लागि प्रतिष्पर्धा गर्नेछन् । शनिबारदेखी जारी गोल्डकपमा ३ डिभिजन लिग खेलेका टिमसहित ८ टिमको सहभागिता थियो ।
गोल्डकप विजेताले नगद ५ लाखका साथमा ट्रफी हात पार्नेछ भने उपविजेताले नगद २ लाख ५१ हजार हात पार्ने मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए । कटारी नगरपालिकाको सहकार्य र साथी समूहको संयोजनमा गोल्डकप आयोजना गरिएको हो । आगामी चैत्र १७ गते गोल्डकप सकिनेछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो