ब्रेकिङ न्युज


#खेलकुद

आयोजकलाई हराउँदै सहारा क्लब पोखरा क्वाटरफाईनल प्रवेश

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 25,2018


RatoParkhalआयोजकलाई हराउँदै सहारा क्लब पोखरा क्वाटरफाईनल प्रवेश


चैत १०– 
उदयपुरको कटारीमा आजदेखि सुरु चौथो कटारी मेयर गोल्डकपमा आयोजक कटारी ११ लाई ० विरुद्ध २ गोल गर्दै सहारा क्लब पोखरा क्वाटरफाईनलमा प्रवेश गरेको छ । सहाराका लागि पहिलो हाफको ९ औं मिनेट र दोस्रो हाफको ३८ औं मिनेटमा गरी अजित गुरुङ्गले २ गोल गरे ।
खेलको म्यान अफ द म्याच गुरुङ्गले नगद ५ हजार प्राप्त गरे । भोलि बनेपा ब्वाईज र गोर्खाब्वाईज रुपेन्देहीवीच प्रतिष्पर्धा हुनेछ । गोल्डकप विजेता टिमले नगद ५ लाख र उपविजेताले २ लाख ५१ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउनेछन् । कटारी नगरपालिका र साथीसमूहको संयोजनमा आयोजना गर्न लागिएको चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता सम्पन्न गर्न ३२ लाख खर्च हुने अनुमान छ । 
गोल्डकपमा सहारा क्लब, गोरखा ब्वाईज रुपन्देही ,बनेपा ब्वाईज क्लब , सरस्वती क्लब काठमाडौं , झापा ११ , चर्च ब्वाईज, संकटा क्लब र आयोजक कटारी ११ सहित ८ टिमको सहभागिता रहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो