ब्रेकिङ न्युज


#गोल्डकप

चौथो कटारी मेयर गोल्डकप चैत्र १० गतेदेखि हुने । पुरस्कार राशीमा वृद्धि गरेर ५ लाख पु¥याएको आयोजकको भनाई ।

दोस्रो हुने टिमले २ लाख ५१ हजार पाउने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: March 20,2018


RatoParkhalचौथो कटारी मेयर गोल्डकप चैत्र १० गतेदेखि हुने । पुरस्कार राशीमा वृद्धि गरेर ५ लाख पु¥याएको आयोजकको भनाई ।

ईखबरपत्रिका संवाददाता– चैत्र ५, कटारी,उदयपुर  
        कटारीमा चौथो मेयर गोल्डकप २०७४ चैत्र १० गतेदेखि हुने भएको छ । सोमवार कटारी गोल्डकप मुल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी कटारी चौथो मेयर गोल्डकप कप हुने जानकारी आयोजक समितिका अध्यक्ष विनोद कटुव।लले जानकारी दिए ।  
         गोल्डकपमा राष्ट्रिय ए डिभिजनका टिम सहित ८ टिमले सहभागीता जनाउने भएको छ ।  गोल्डकपमा साहार क्वल , गोरखा ब्वाईज रुपन्देही ,वनेपा ब्वाईज क्लव वनेपा , सरस्वती क्लव काठमाण्डौं ,झापा ११ झापा, चर्च ब्वाईज क्लव काठमाण्डौं,संकटा क्लव काठमाण्डौं र आयोजक टिम कटारी ११ ले समेत सहभागीता जनाउने आयोजक मुल समितिका अध्यक्ष कटुवालले जानकारी दिएका छन् । 
       समितिका अध्यक्ष कटुवालका अनुसार चौथो मेयर गोल्डकपमा प्रथम टिमले नगर ५ लाख सहित ट्रफि र प्रमाणपत्र पाउने छन् भने दोसो हुने टिमले नगर २ लाख ५१ हजार सहित ट्रफि र प्रमाणपत्र पाउने छन् । साथै म्यान फदम्याच प्रत्येक दिन एक जनालाई घोषणा गरी नगद ५ हजार दिईने र उत्कृष्ट खेलाडीहरुलाई विभिन्न ब्राण्डका मोवाईलहरु प्रदान गरिने पनि कटुवालले जानकारी दिएका छन् । 
         यसअघि प्रथम कटारी गोल्डकप आयोजना गर्दा प्रथम हुने टिमलाई १ लाख र दोस्रो हुन टिमलाई ५० हजार पुरस्कार दिईएको थियो । दोस्रो कटारी गोल्डकप भने पुरस्कार राशीमा वृद्धि गरेर प्रथम हुने टिमलाई १ लाख ५० हजार र दोस्रो हुने टिमलाई ७५ हजार प्रदान गरिएको थियो ।    
कटारीको खेलकुद मैदानमा हुने गोल्डकपमा १२ सय जना बस्न मिल्नेगरी बाँसका प्याराफिटहरु निमार्ण गरिने र बाहिरी भागमा बस्न मिल्ने गरी व्यवस्था मिलाउने आयोजक समितिका कोषध्यक्ष रोहित लामाले जानकारी दिए ।           

दर्शहरुले क्वाटरफाईन सम्मको खेल प्याराफिटमा बसेर हेर्नका लागि एक सय कायम गरिएको छ भने साधारण टिकटको पचार कायम गरिएको छ । सोमिफाईनलको खेल प्याराफिटमा बसेर हेर्नका लागि १ सय ५० र साधारण टिकटको लागि ७५ कायम गरिएको छ । अन्तिम फाईनल खेल प्याराफिटमा हेर्नको लागि २ सय र साधारण १ सय टिकट दर कायम गरिएको मुल आयोजक समितिले जनाएको छ ।  
कटारी नगरपालिका र साथीसमूहको संयोजनमा हुने चौथो गोल्डकपमा करिव ३२ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ  ।  


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो