ब्रेकिङ न्युज


#महोत्सव

स्वर्ण महोत्सवमा स्टेज तताउँदै तारा प्रकाश लिम्बु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 16,2018


RatoParkhalस्वर्ण महोत्सवमा स्टेज तताउँदै तारा प्रकाश लिम्बु

३ गते फाल्गुण, २०७४

ईखवरसम्वादाता

कटारी स्थित श्री त्रिवेणी मा.वि.मा कलाकारहरुले स्टेज तताएका हुन । ५० औ वर्षपुरा गरेको अवसरमा स्वर्णमहोत्सव बनाउने क्रममा आज महोत्सव सुरु भएको तेश्रो दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा लोक साँस्कृतिक कार्यक्रम भएको हो । राष्ट्रिय गायक तथा संगितकार तारा प्रकाश लिम्बु लगाएत, लोक गायिका पार्वती राई, गायक राज लाई, कला राई र अशोक कुमार प्यासी राईले दर्शकलाई रमाईलो गराएका थिए ।

कार्यक्रममा साँस्कृतिक कला केन्द्र कटारीका कलाकारहरुको नृत्य प्रस्तुत गरेका थिए ।

फाल्गुण १ गते देखि सञ्चालन भएको त्रिवेणी माविको स्वर्णमहोत्सवमा धेरै विद्यालयहरुको छात्र तथा छात्राहरुको सहभागीमा  १ गते र २ गते ३ हजार मिटरको दौड प्रतियोगिता, कवर्डी, हाई जम्प, लङ जम्प लगाएका खेलहरु प्रदर्शन भएको थियो । भोली फाल्गुण ४ र ५ गते सगरमाथा अञ्चल स्थरीय भलिवल प्रतियोगिता हुने र ६ गते पुनः राष्ट्रिय कलाकारहरुको साँस्कृतिक रमाईलो कार्यक्रम रहेको, ७ गते पूर्व शिक्षक÷विद्यार्थीहरु भेटघाट र ८ गते सम्माननीय राष्ट्रपति ज्यूको उपस्थितिमा स्वर्ण महोत्सव स्मारक अनावरण गरिने आयोजकको तर्पmबाट सुवास कार्कीले बताए ।
    
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय