ब्रेकिङ न्युज


#कोरियाको

कोरियाको सिवोलमा “साईला साईली”

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 14,2018


RatoParkhalकोरियाको सिवोलमा “साईला साईली”

ईखबरपत्रिका संवाददाता – फागुन ०१
    कोरियामा सिवोलमा “साईला साईली ” कार्यक्रम हुने भएको छ ।  उदयपुर सेवा समाजले आयोजनामा फेब्रुअरी १४ तारिखमा “साईला साईली ” कार्यक्रमको अयोजना गर्न लागेको हो ।     जस्ले कोरियामा रहेका सम्पुर्ण नेपालीलाई एकै छानामा फेरि दुस्ख लाई बिर्साई केही रमाईलो साथै भब्य डि जे डान्स “साईला साईली ” आयोजना गर्ने भएको आयेजकले जनाएको छ ।  
    उक्त आयोजना आपतकालिन राहत कोष र रास्ट्रिय गौरव, गौतम बुद्ध नेपालमा जन्मिएको भनी कोरियामा बुद्ध मुर्ति निमार्णका लागि अभियान स्वरुप आयोजना भएको हो ।   यस्तो सकरात्मक उद्धेश्य लाई प्रोत्साहन गर्न उदयपुर सेवा समाज का अध्यक्ष एम के चाम्लिङ्ग  लगायत सम्पुर्ण सदस्य लागि परेको र कोरियामा रहेका अन्य संघ सस्था बाट पनि धेरै हौसला मिलेको बताउनु भयो । कोरियाको विशेष चाड सलनाल (नयाँ बर्ष ) मा लेडि डि जे नेपालको नं. वन अर्पना को साथ मा हुने भएको छ ।
    यहि फ्रेबुअरी १४ तारीख छुम्रोसाम्गा कोड्रिम प्यालेसमा हुने डि जे डान्स पार्टी रात्री १० बजे बाट  बिहानी ५ बजे सम्म चल्ने छ । नेपालको चर्चित डि जे अर्पना को साथ मा डान्स पार्टी हुने भएकोले धेरै आगन्तुकले भरपुर मनोरञ्जन लिन सक्ने उदयपुर सेवा समाजका महासचिव भिबिन्द्र राईले बताउनु भयो  । यस्तो सान्दर्भिक कार्यक्रममा सधै लागि पर्ने र समाजलाई सहि निर्देशन गरिरहने उहाले बताउनुभयो ।     उदयपुर सेवा समाज स्थापना काल देखि नै समाजिक तथा भबितब्य मा परेकाहरुलाई सामाजिक सन्जाल र अन्य बैकल्पिक सहयोग गर्दै आफ्नो  छुट्टै पहिचान बनाएको एक समाज हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो