ब्रेकिङ न्युज


#किड्स

किड्स ट्यालेन्ट सो कार्यक्रममा गायक शिव थापा मगर र मोडल आरुसी मगरको धमाका 

हास्यकलाकार गाणेश ईसाराले हासाए । कोरियोग्राफर तथा डान्सर मिथुन ठाकुरले नचाए

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: February 3,2018


RatoParkhalकिड्स ट्यालेन्ट सो कार्यक्रममा गायक शिव थापा मगर र मोडल आरुसी मगरको धमाका 

ईखबरपत्रिका संवाददाता–कटारी माघ १९ 
    गायक शिव थापा मगर र मोडल आरुसी मगरको दमदार प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्ञन दिलाएका छन् । मुना मदन बोडिङ्ग स्कूल कटारीले शुक्रवार आयोजना गरेको मुना मदन किड्स ट्यान्लेन्ट सो कार्यक्रम २०७४ मा गायक शिव थापा मगरले आफ्ना एल्बमका गीतहरु गाएर मनोरञ्जन दिलाउनुका हुन भने मोडल आरुसी मगरले गीतमा नाचेर धमाका मचाएकी हुन । 
    गायक शिव थापा मगरले आजै हो तिमीलाई देखेको , कोठीमा कालो कोठीमा र नयाँ डासिङ्ग नम्बरको गीत सुन ओई कुरा बुझ्या खोई, बालेको गीत गाएर दर्शलाई नचाउन सफल भए । मोडेल आरुसी मगरले चरी जस्तै उड्न पाउँ र चोली अली छोटो भन्ने बोलको गीतमा नाच्दा दर्शकहरुले असाध्य मन पराएका थिए । अरुसी मगर कार्यक्रमको आकर्षणको रुपमा रहेकी थिईन् ।    

मोडल आरुसी मगर

 कार्यक्रममा हास्य कलाकार गणेश ईसाराले विभिन्न नेता ,गाएक र कलाकारहरुको क्यारिकेचर दर्शकलाई हसाउन सफल भए । ईसाराले सेर बहादुर देउवा,के.पी.ओली,प्रचण्ड, रामचन्द्र पौडेलको क्यारिकेचर गरेर दर्शलाई हसाएका हुन । साथै कलाकार राजेश हमाल लगायत गायक राजेश पायल राईको क्यारिकेचर गरेका थिए ।     

हास्य कलाकार गणेश ईसारा

यसैगरी कोरियोग्राफर तथा डान्सर मिथुन ठाकुरले माईकल ज्याक्सनको डान्स गरेर वान्स वोर पाएका थिए भने भोजपुरी र नेपाली गीतमा डान्स गरेर मनोरञ्जन गराएका थिए । त्यसैगरी विभिन्न जोक्स भनेर पनि मनोरञ्जना गराउन सफल भए । साथै मुनामदन बोडिङ्ग स्कूलका विद्यार्थीहरुले पनि डान्स प्रस्तुत गर्नुका साथै प्रतिभा देखिएका थिए । 
 

कोरियोग्राफर तथा डान्सर मिथुन ठाकुर

जेहेरदार विद्यार्थीहरुलाई सम्मान 
मुना मदन बोडिङ्ग स्कूलका विद्यार्थी लक्ष्मी सुनुवारलाई सम्मान गरेको छ । जेहेन्दार र लगानशिल विद्यार्थी लक्ष्मीलाई ५ हजार नगदबाट बोडिङ्ग स्कूलेसहयोग गरेको हो । सुनुवारलाई प्रोत्साहन स्वरुप सहयोग गरेको छ । 
    कार्यक्रममा प्रमुख अतिथी कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र, विशेष अतिथी विद्यालय निरिक्षक सुर्य बहादुर कार्की,विशेष अतिथी पूर्वाञ्चल प्याब्सनका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल लगायतको उपस्थिती रहेको थियो ।  
    कार्यक्रमको प्रायोजक सन साइन ईभेन्ट ईन्टरटेनमेन्ट,सह प्रायोजक सनराई कम्प्युटर सेन्टर, विशेष सहयोगीहरु संगीत लिम्बु,सोनिया मोक्तान र प्रकाश पाखिनले गरेका हुन । साथै मिडिया पाटर्नरमा युके एफ.एम.१०६.८ मेगार्हज,समावेशी एम.एम.९२.३ मेगाहर्ज र अनलाईन ईखबरपत्रिका डटकम र दुधौली खबर रहेका छन् । यसैगरी सहयोगी संस्थामा अमर बचत तथा ऋण सहकारी संस्था र रारा बचत तथा ऋण सहकारी संस्था गरेका छन् । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो
सम्बन्धित समाचार