ब्रेकिङ न्युज


#समाचार

अमर बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारसण सम्पन्न

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 14,2018


RatoParkhalअमर बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारसण सम्पन्न

२९ ,पुष ,२०७४


कटारी–अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड कटारीले आज आप्mनो आठौं बार्षिक साधारसण सभा भब्यताका साथ सम्पन्न गरेको छ । कटारी नगरपालिकाका प्रमुख मेयरको प्रमुख आतिथ्यमा आदिवासी जनजाति महासंघको हलमा संस्थाले आप्mनो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।सम्पन्न सभामा संस्थाका अध्यक्ष शुक्र प्रसाद पराजुलीले आर्थिक वर्ष २०७३/०७४ को प्राप्ति तथा भुक्तानि विवरण पेश गर्नुभयो । प्रतिवेदन अनुसार यस आर्थिक वर्षमा संस्थाले ८ करोड १९ लाख ७५ हजार ७सय ८४ रुपैंया ८३ पैसा निक्षेप संकलन गरेको तथा ६करोड ३९ लाख ९३ हजार ५ सय ९४ कर्जा दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


      त्यसैगरी प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कटारीमै भावि दिनमा आप्mनै भवन निर्माणका लागि ४० लाख ५ हजारमा १२ धुर जग्गा खरिद गरेको बताउनुभयो । विभिन्न निर्वाचन पश्चात देश दिर्घकालिन आर्थिक विकासमा फड्को मार्ने आशा गरिएकाले आगामी दिनमा सहकारीकर्मीहरुले देशमा आर्थिक मेरुदण्ड तयार पार्ने पनि पराजुलीले बताउनुभयो ।


      त्यसैगरी यस आर्थिक वर्षमा संस्थाले व्याजबाट ९६लाख ३१ हजार ८ सय ५९ रुपैंया ४२ पैसा आर्जन गरेको थियो । साधारण सभामा साँस्कृतिक कलाकेन्द्र कटारीका कलाकार तथा संस्थामा कार्यरत कर्मचारीहरुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेर भरपुर मनोरञ्जन दिलाएका थिए । साधारण सभाभा उत्कृष्ण वचतकर्ता , शेयर सदस्य तथा विभिन्न ब्यक्तिहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रमका अतिथिहरुलाई प्रमुख अतिथि मेयर श्रेष्ठले संस्थाको तर्पmबाट मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो