#उपाय

जाडोमा चिसोबाट बच्ने उपायहरु जान्नुहोस्

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 20,2017


RatoParkhalजाडोमा चिसोबाट बच्ने उपायहरु जान्नुहोस्

जाडो महिनामा सबैभन्दा ठुलो चुनौती भनेकै चिसोबाट बच्नु हो । जाडो भन्नाले चिसो बुझिन्छ । चिसोले गर्दा धेरै मानिसहरु बिरामी पर्ने गर्छन् । चिसोले बच्चाहरु र बृद्धलाई बडी सताउने गर्छ । कतिपय मानिसको चिसोको कारण मृत्यु हुने गर्छ । त्यसैले हामीलाई चिसोबाट कसरि बच्ने भन्ने कुराको जानकारी हुनु निकै जरुरी छ । चिसो लागे पछी पछुताउनु भन्दा चिसो लाग्न नदिनु सबैभन्दा ठुलो बुद्धिमानी हुनेछ ।

चिसोबाट बच्ने उपायहरु यस प्रकार छन् :

१) न्यानो कपडा लागाउने ।

२) टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ ।

३) तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने ।

४) तातो, पोसिलो तथा झोलिलो खाना खाने ।

५) चिसोबाट बच्न दुधमा मरिच र बेसार हालेर खाने ।

६) चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने ।

७) नियमित तातो पानी खाने ।

८) प्रोटिन र फ्याट पाइने खानेकुरा बडी मात्रामा खाने गर्नु पर्छ ।

९) शाररिक व्यायाममा बडी ध्यान दिनुपर्छ ।

१०) कोठालाई न्यानो बनाउनु पर्छ । तर न्यानो बनाउने सोचमा कोठाको झ्यालढोका बन्द गरेर राख्न हुदैन ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो