#वाम्बुलेराई

वाम्बुलेराई भाषाको १९ औं राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 18,2017


RatoParkhalवाम्बुलेराई भाषाको १९ औं राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न 

ईखरपत्रिका संवाददाता कटारी पुष २ 
        वाम्बुले राई भाषाको १९ औं राष्ट्रिय कविता प्रतियोगितामा मानेभञ्याँङ्ग , गाउँपालिका –३ ,फोकुल ओखलढुङ्गाका पुतली राई प्रथम भईन् । उदयपुरको कटारीमा शनिबार सम्पन्न प्रतियोगितामा मानेभञ्याँङ्ग , गाउँपालिका –६ ,हिलेपानी ओखलढुङ्गाका मंगलदर्शन राई दोस्रो र सोही गाउँपालिका ५ रिचुवाका नमेश राई तृतिय भए ।
        पुरष्कृत हरुले क्रमश नगद रु ५ हजार , ३ हजार , र २ हजारका साथमा प्रमाण पत्र हात पारे । त्यसैगरी सान्त्वना हुन सफल हलेशी तुवाचुँङ्ग नगरपालिका –१ , खोटाङ्गका मुना राई र मानेभञ्याँग –३ उँबु ओखलढुँगाका यमुना राई सान्वना भए । सान्त्वनाद्वयले नगद एक –एक हजारका साथमा विभिन्न व्यक्त्तिव्य विकासका पुस्तकहरु हात पारे ।
       वाम्बुले राई समाज(वाम्रास)को आयोजनामा सम्पन्न प्रतियोगितमा पुरस्कृत कविहरुलाई प्रमुख अतिथि प्रा.डा.नोवलकिशोर राई र विशेष अतिथि राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई व्याकुल माईलाले पुरस्कार प्रदान गरे । पुरस्कृतहरुलाई पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि प्रा.डा.नोवल किशोर राईले कवितासँगै साहित्यका अन्य विधाहरु मार्पmत भाषा साहित्यको संरक्षण गर्नुपर्ने बताए ।
          दुईदर्जन बढी कविहरुहरुले प्रयितोगितामा आप्mना कविताहरु वाचन गरेका थिए । प्रतियोगिता राष्ट्रियगानका रचनाकार ब्याकुल माईलाले भौतिक पूर्वाधार मात्रै विकासका आधार नभई भाषा, साहित्य संरक्षण गरे मात्र समग्र विकास पुरा हुने बताए । प्रतियोगितामा वाम्बुले राईहरुको मूलथलो ,ओखलढुँगा ,खोटाङ्गका अलावा उदयपुर ,सिन्धुली ,सुनसरी सम्मका वाम्बुले कवि , कवयित्रीहरुको सहभागिता रहेको थियो ।
           वाम्बुले राई समाज(वाम्रास)को २० वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितमा वाम्बुले पुरोहित (नाक्सो–ङाबुचो ) तथा जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । प्रतियोगिता समाजको जिल्ला समिति उदयपुरको व्यवस्थापन तथा संयोजनमा सम्पन्न भएको वाम्रास उदयपुरका अध्यक्ष शुभराज राईले बताए ।
             हरेक वर्षको मंसिर २० मा वाम्बुले राईहरुले विभिन्न जिल्लाहरुमा सम्पन्न गर्दै आएको प्रतियोगिता यस वर्ष भने मंसिर २१को दोस्रो चरणको निर्वाचन परेकाले पछि धकेलिएको थियो । प्रतियोगितामा वाम्बुले राई भाषाको ‘सुरिम’राईहरुले आगनमा राख्ने गरेको काठको प्रतिकलाई शिर्षक राखिएको थियो । प्रतियोगि सबै कविहरुले एउटै शिर्षकमाथि कविता लेख्नु पर्ने प्रावधान राखिएको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो