ब्रेकिङ न्युज


#कटारीमा

कटारीमा वाम गठबन्धनको विजयी उत्सव  । उमेदवार भन्छन् चुनाव अघि गरिएको वाचा पुरा गरेरै छाड्छौं  । फोटो फिचर सहित 

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 12,2017


RatoParkhalकटारीमा वाम गठबन्धनको विजयी उत्सव  । उमेदवार भन्छन् चुनाव अघि गरिएको वाचा पुरा गरेरै छाड्छौं  । फोटो फिचर सहित 

ईखरपत्रिका संवाददाता–कटारी मंसिर २५ 
    प्रनिधिनि सभा सदस्य र प्रदेश सभा विजेताहरु सहित वाम गठबन्धनका समर्थकहरुले कटारीमा विजय उत्सव मनाएका छन् । सोमवार कटारी बजार परिक्रमा गरि शुभकामना आदन प्रदान तथा ¥यालीको आयोजना गरेर विजय उत्सव मनाएका छन् । 
विजेता उमेदवारहरुलाई बजारवासीले फुलमाला तथा अविर लगाई जनताको हितमा काम गर्न सुझाव दिएका छन् । उमेदवारले पनि सधै जनताको हितमा काम गर्ने र चुवान अघि वाचा गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने उद्धघोष गरेका छन् । 

 

प्रतिनिधिसभा २ मा बामगठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेशकुमार राईले २२,५५१ मतकासाथ विजय हाँसिल गर्नुभयो । उहाँले १५,१९४ मत प्राप्त गर्नुहुने नेपाली कांग्रेसका नारायणबहादुर कार्कीलाई ७,०९६ मतले पछि पार्नु भयो । प्रदेशसभा २ (क) मा बामगठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार नारायणबहादुर बुर्जा मगर ८,९७० मतकासाथ विजयी हुनुभयो । उहाँले निकटतम् प्रतिद्वन्द्वि कांग्रेसका भेषबहादुर थापामगरलाई ३,९३६ मतले पछि पार्नुभयो । २ (ख) मा ४,४८३ मतान्तरमा एमालेकी कला घले विजयी हुनुभयो । १३, ५६९ मत घलेले प्राप्त गर्दा भने निकटतम् प्रतिद्वन्द्वि कांग्रेसकै रामबहादुर खत्रीले ८,९७६ मत प्राप्त गर्नु भएको थियो । आजै विजया ¥याली रिस्कु पुग्ने जनाईएको छ । 

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो