ब्रेकिङ न्युज


#निर्वाचन

ओखलढुंगामा पराजित खतिवडाले बिजेता सुनुवारलाई लगाइदिए माला

विजेता छु्याउन गाह्रो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 12,2017


RatoParkhalओखलढुंगामा पराजित खतिवडाले बिजेता सुनुवारलाई लगाइदिए माला

२५ मंसिर, २०७४ ईखवरसम्वादाता ओखलढुंगाः निर्वाचनमा आप्mनो जितको लागि नेता तथा कार्यकर्ताहरु अनेक गतिविधिहरु देखाईरहेका हुन्छन् । तछाड मछाड, अनेक होडबाजी र आपूm जनताको विस्वासिलो कसरी हुने भन्ने विषयमा विपक्षी पार्टीलाई अनेक लान्छना लगाएर आपूm अगाडी हुने र आप्mनो पक्षमा जनतालाई ल्याउन सके आप्mनो जित हुने कुरामा नेताहरु प्छि पर्दैनन् । तर पनि ओखलढुंगाामा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक हुनेक्रम सँगै विजय र पराजय हुने उम्मेदवारवीच राजनीतिक शिष्टाचार, भद्र व्यवहार र सम्मान गर्ने परिपाटी पनि लोभलाग्दो देखिएको छ । राजनीतिमा विजय तथा पराजय हुने उम्मेदवारबीच भेटघाट त परै जावस् नाम नै सुन्न चाहदैनन् सके मुठभेटमा झगडा गर्न अनेक बहाना निकालेका देखिन्छन् तर पनि ओखलढुंगाको सबै जनताको प्यारो यि दुई नेता यो कार्यक्रमबाट नै प्रस्ट बुझिन्छ कि एक अर्कामा विजयी भएका ले आप्mनो जितमा नमात्तिएर र पराजय भोग्नेले पनि नआत्एिर फेरी पनि मिलेर अघि बढ्ने गरी एकअर्कामा माल्यार्पण गर्दै बधाई साटासाट गरी सबैको ध्यानाकार्षण गरेको छ । २०७० को संविधानसभामा निर्वाचित ओखलढुेंली जनताको मनका ढुकढुकी बन्न सफल दुई युवा नेताबीच आपसमा कहिल्यै द्वन्द भएको देखिएन । बरु दुवैनेताहरु संविधान निर्माण, विकास निर्माणसँगै भूकम्प प्रभावित जिल्ला घोषणा गर्न त कहिले भूकम्पपीडितहरुलाई राज्यले दिएके राहत वितरणमा जिल्ला तथा राष्ट्रियस्तरमा चर्चाको शिखरमा रही नै रहे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक भए सँगै ओखलढुंगाका नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले नेकपा (एमाले) का विजयी उम्मेदवार यज्ञराज सुनुवारलाई भेटेरै बधाई दिए । नेता सुनुवारले पनि सो खुशियालीमा नेता खतिवडालाई पूmलको माला पहिराई दिएर प्रतिस्पर्धीको सम्मान गरे । सुशी साटासाट गर्ने क्रममा प्रतिनिधिसभाका साँसद यज्ञराज सुनुवारले आपूm ओखलढुंगाावासीको साझा प्रतिनिधि भएकोले आप्mना प्रतिस्पर्धी रहेका उम्मेदवार रामहरि खतिवडाले हारे पनि उहाँको एजेण्डालाई समेत समेटेर जिल्लाको विकासमा लागि पर्ने बताए । यो सुनुवार र खतिवडाको यो मित्रतालाई देखेर भोट जस्लाई हालेको भएता पनि जित सबैको भएको महशुस गरेका छन् । नेपाली राजनितीमा नेताहरुको आप्mनौ किसिमको कटाक्ष हुने गरेतापनि ओखलढुंगााका यि दुई नेताहरु भने नेपाली राष्ट्रिय राजनितिमा उदाहरणीय बन्न सफल भएका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो