#निर्वाचन

उदयपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उमेदवार सुरेशकुमार राई विजयी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 10,2017


RatoParkhalउदयपुर क्षेत्र नम्बर  २ का प्रतिनिधि सभा उमेदवार सुरेशकुमार राई  विजयी

 मसिर २४, इखवरसम्वादाता
 
उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका सुरेशकुमार राई हिमाल विजयी हुनु भएको छ । राईले २५ हजार ५ सय ५९ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली काँग्रेसका प्रतिस्पर्थी नारायण बहादुर कार्कीले १५ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए ।
कार्की चुनाव प्रचारका क्रममा बम आक्रेमणमा परि घाईते हुनु भएको छ । कार्की केन्द्रिय सदस्य तथा पूर्व सभासद समेतहुन् ।
सुरेश कुमार राई नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा एक नम्बर प्रदेशको कार्यालय सदस्य हुनुहुन्छ ।  उहाँको जन्म २०३२ सालको माघ २२ गते भएको हो । उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । ज्योति माध्यामिक विद्यालय बेलटारबाट एसएलसी गरेका सुरेशले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट प्रविणता प्रमाणपत्र तह पास गर्नुभयो । २०४८ सालमा अखिलको प्रारम्भिक कमिटीको सदस्यता लिंदै उहाँ राजनीतिक क्षेत्रमा प्रवेश गर्नु भएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो