#निर्वाचन

सिन्धुलीको परिमाण सार्वजानिक , को भए बिजयी हेर्नुहोस ?

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 10,2017


RatoParkhalसिन्धुलीको परिमाण सार्वजानिक , को भए बिजयी हेर्नुहोस ?

मंसिर २४, इखबरसम्वादाता

सिन्धुली क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य पदमा वाम गठवन्धनका साझा उमेद्वार नेकपा एमालेका गणेश कुमार पहाडी विजयी हुनु भएको छ । पहाडीले ३२ हजार ५ सय २९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिद्धोन्दी नेपाली काँग्रेसका उमेद्वार प्रेमचन्द्र दहालले २२ हजार ३ सय ८९ मत प्राप्त गर्नुभएको छ । उहाँहरु बीच १० हजार १ सय ४० को मतान्तर भएकोे छ । नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य गणेशप्रसाद पहाडीले २०३९ सालमा अनेरास्ववियू पाँचौमा आवद्ध हुँदै राजनीति सुरु गर्नु भएको हो । उहाँको जन्म २०२७ साल असार ९ गते सिन्धुलीको फिक्कल गाउँपालिका –४, खाङसाङमा भएको हो ।

 

२०७० सालको चुनावमा उहाँ सिन्धुली क्षेत्र नम्बर १ बाट विजयी हुनु भएको थियो । त्यतिबेला उहाँले १० हजार ९ सय १ मत पाउनु भएको थियो । गणेशप्रसाद पहाडीले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । सुनकोशी मावि फिक्कलमा प्राथमिक तह पढ्नु भएका पहाडीले पद्मोदय मावि काठमाडौंबाट एसएलसी, पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा सिभिल इन्जिनियरिङ र मिनभवन क्याम्पसबाट बिकम गर्नुभयो । पाटन संयुक्त क्याम्पस ललितपुरबाट समाजशास्त्रमा उहाँले स्नातकोत्तर गर्नु भएको हो । हालको बसोबास फिक्कल गाँउपालिका–४ खाङसाङ, सिन्धुलीमा छ ।

 

यस्तै, सिन्धुलीको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका हरिबोल गजुरेल १२ हजारको मतान्तरले विजयी हुनुभएको छ । उहाँले ३० हजार १ सय ७९ मत ल्याएर प्रतिद्धन्दीलाई १२ हजार मतले पछाडि पार्दै विजयी हुनुभएको हो । निकटतम प्रतिद्धन्दी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत प्राप्त गर्नुभयो ।

२०७० सालको चुनावमा सिन्धुली क्षेत्र नम्बर ३ बाट विजयी हरिवोलप्रसाद गजुरेल निर्वाचन क्षेत्र हेरफेर भएसँगै क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको हो । २०७० सालको चुनावमा उहाँले १२ हजार ७ सय ७० मत ल्याउनु भएको थियो । उहाँ ९ महिना कृषि विकास मन्त्री हुनुभयो । गजुरेलले व्यवस्थापन संकायमा स्नातक गर्नु भएको छ । कमला मावि कमलामाई नगरपालिका–४, ढुंग्रेबास सिन्धुलीबाट एसएलसी गरेका गजुरेलले आइकम महेन्द्र रत्न क्याम्पस र बिकम शंकरदेव क्याम्पस काठमाडौंबाट गर्नुभयो । हरिबोल गजुरेलले २०३३ सालमा मोहन विक्रम सिंह नेतृत्वको मसालबाट राजनीति यात्रा सुरु गर्नु भएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो