ब्रेकिङ न्युज


#निर्वाचन

पूर्व डीआईजी नवराज सिलवाल विजयी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 10,2017


RatoParkhalपूर्व डीआईजी नवराज सिलवाल विजयी

काठमाडौं :

पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणालाई ६ हजार २ सय २२ मतले पछि पार्दै सिलवाल निर्वाचित भएका हुन्। सिलवाल २६ हजार ९ सय ५१ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी राणाले २० हजार सात सय २९ मत प्राप्त गरेका छन्।

पूर्व डीआईजी सिलवाल प्रहरी बढुवामा असन्तुष्ट भएको केही महिनामै माननीय बनेका हुन्। नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा सिफारिसमा असन्तुष्ट भएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मर्यादाक्रममा पहिलो नम्बरमा रहे पनि आफूलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च पुगेका सिलवाल आफूले न्याय नपाएको भन्दै राजनीतिमा प्रवेश गरेका थिए। इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका सिलवाल पूर्व डीआईजी हुन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो