ब्रेकिङ न्युज


#समाज

मुक्तिनाथ विकास बैंकको कटारी शाखाले सुत्केरी स्याहार खर्च वितरण गरे

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 9,2017


RatoParkhalमुक्तिनाथ विकास बैंकको कटारी शाखाले सुत्केरी स्याहार खर्च वितरण गरे

ईखवरसम्वादाता
२२ मंसिर, २०७४


उदयपुर / कटारी बजारमा मुक्तिनाथ विकास बैंकले आजसुत्केरी स्याहार खर्च वितरण गरेको छ । बैकले लघुवित्तमा आवद्ध सदस्य कटारी नगरपालिका वडा नं. ५ भुल्के बस्ने अस्मिता दनुवारलाई भत्ता दिएको हो । जनता बैंकमा होईन बैंक जनतामा भन्ने मुल अभियानका साथ बैंकले कटारी नगरपालिकाको उप मेयर भिमकुमारी राउतको हातबाट रु १५०० रुपैया सुत्केरी स्याहार खर्च दनुवारलाई वितरण गरेको हो । बैंकको कटारी शाखा विस्तारको लागि तयारी भैसकेको र लघुवित्तको कार्यक्रम लाई बैंकले सञ्चालनमा ल्याई उपभोक्ताहरुलाई सेवा प्रवाह गर्न थालिसकेको कर्मचारी दिनेश निरौलाले बताए ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो