ब्रेकिङ न्युज


##समाचार

शिक्षा , स्वास्थ्य, यातायात, र रोजगारीजस्ता कार्य भोलिका दिनमा ल्याउछु  हैन  मैले हिजो नै ल्याइसकेको छु - प्रदिप कटुवाल

 सिन्धुली जिल्लाको क्षेत्र नम्बर एकका ख प्रदेश बामगठबन्धनका साझा उमेदवार  नेकपा एमालेका अध्यक्ष प्रदिप कटुवालले एक चुनाबी कार्यक्रममा भन्नू भएका कुराहरु -

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 5,2017


RatoParkhalशिक्षा , स्वास्थ्य, यातायात, र रोजगारीजस्ता कार्य भोलिका दिनमा ल्याउछु  हैन  मैले हिजो नै ल्याइसकेको छु - प्रदिप कटुवाल


 मंसिर १७, ईखबरपत्रिका/दिनेश बुढाथोकी -
 सिन्धुली
 प्रदेश सभा र प्रतिनिधि सभाको दोश्रो चरणको चुनाबको दिन नजिकीदै गर्दा विभिन्न पाटिका उमेदवारहरुलाई प्रचार प्रसार गर्न धाउ धाउ परिरहेको छ र हार जित कस्को हो भन्ने चिन्ताले छट्पटी चलिरहेको  छ । जनताले कस्लाई चुन्ने हुन ति कुराले आत्तिएका छन । यता को जित लगभग पक्का नै जस्तो बन्दै गएको छ । 
     

                           सिन्धुली जिल्लाको क्षेत्र नम्बर एकका ख प्रदेश बामगठबन्धनका साझा उमेदवार  नेकपा एमालेका अध्यक्ष प्रदिप कटुवालले एक चुनाबी कार्यक्रममा भन्नू भएका कुराहरु -
    मैले सिन्धुली जिल्लाको कुनै पनि ठाउमा बिकास गर्न दिन रात एक बनाएर काम गर्दै आएको छु मैले जनताको काम गर्दा कति रगत सम्म बगाउदै आएको छु र बिकास गर्ने सवालमा होस कुनै ब्यक्तिलाई गाह्रो पर्दा होस कहिले पनि यो पाटिको उ पाटिको ब्यक्ती हो भनेर छुट्याइएको छैन त्यसैले मलाई सबै पाटिका नेता तथा कार्यकर्ताले मन पराउछन र भोट पनि दिने पुर्ण ग्यारेन्टीमा छु ।

               शिक्षा , स्वास्थ्य, यातायात, र रोजगारी आदि जस्ता कार्य जनताले पाउनु पर्छ भनेर केन्द्र देखि बजेट ल्याइ सिन्धुली जिल्लामा बिकास गरेको छु । र बाकि यी बिकास नपुगेको स्थानमा भोलिका दिनमा बिकाश गर्ने छु भनेर आश्वासन समेत दिनु भएको छ । हिजो सिन्धुली जिल्लामा यी कार्य गर्न र यति धेरै बिकास गर्न हुन्न भनेर रोक लगाउने आजको टुरिष्ट उमेदवारलाई कस्ले भोट दिन्छ भनेर आएका हुन रु सिन्धुलिको बिकास गर्ने बेलामा दुलो भित्र लुकेर बस्ने अनि अहिले सत्तामा जाने बेला उमेदवार दर्ता गरेर आएकालाई अब जनताले पत्याउदैनन भन्ने कुरा पनि याद रहोस भनी चेतावनी समेत दिनु भएको छ । 
के अब प्रदिप कटुवाललाई जनताले जिताउछन त रु त्यो मंसिर एक्काइ गते जनताको मतले थाहा हुन्छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो