ब्रेकिङ न्युज


##समाचार

बामगठबन्धनलाई जिते अनाथलाई शिक्षा दिने बिद्यालय र प्रसुतिगृह बनाउने बाचा:- षुष्पा भुजेल

गत मंसिर पन्ध्रमा सिन्धुलिको गोलन्जोर गाउपालिका दुई बितिजोरमा भएको बामगठबन्धनको चुनाबी सभामा समानुपातिक उमेदवार  षुष्पा भुजेलले भन्नुभयो :- यहाँ सिन्धुलिबासिको पीडा मैले बुझेको छु ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 3,2017


RatoParkhalबामगठबन्धनलाई जिते अनाथलाई शिक्षा दिने बिद्यालय र प्रसुतिगृह बनाउने बाचा:- षुष्पा भुजेल


मंसिर १७ , इखबरपत्रिका/ दिनेश बुढाथोकी -
 सिन्धुली 
  यति खेर प्रतिनिधि सभा र प्रदेश सभाको दोश्रो चरणको चुनाब नजिकै गर्दा गाउ सहरमा नेपालिहरुको महान चाड दशैको आगमन जस्तै गाउघरमा लहर छाउदै आएको छ । कुन नेतालाई चुन्दा गाउको बिकास हुन्छ भन्ने कुरा जनताले सोच्दै आएका छन । यहाँ उमेदवारहरुले मिठा तर झुटा आश्वासन दिदै हिडेका छन तर जनताले सोची सकेका छन कुन नेता ठिक हो भनेर । कति पए स्थानमा आफू हारिने डर पैसा देखाउदै हिडेको समेत भेटाएका छन । तर सिन्धुलिक अब बाठा भैसकेको छन पैसा खल्तिमा हाल्लान तर भोट बिकास गर्ने नेतालाई नैदिन्छन भन्ने पक्का छ । 
                                      गत मंसिर पन्ध्रमा सिन्धुलिको गोलन्जोर गाउपालिका दुई बितिजोरमा भएको बामगठबन्धनको चुनाबी सभामा समानुपातिक उमेदवार  षुष्पा भुजेलले भन्नुभयो :- यहाँ सिन्धुलिबासिको पीडा मैले बुझेको छु । कस्ले कति झुटा बोलेर भोट आउने आश्वासन दिदै हिडेका छन त्यस्को पछि नलाग्न समेत आग्रह गर्नुभयो । बामगठबन्धनलाइ जिताए अवश्य बोलेको बाचा पूरा हुने छ । मैले आमा बन्दा कति पीडा कस्तो हुन्छ त्यो त मैले महसुस गर्न पाको छैन तर आफू नमरी मैले स्वर्ग देखेको छु अरुको पीडा मैले पनि बुझेको छु । आमा नबन्दै शान्तिसम्झौता हुने केही दिन अधिको भिडन्तामा उहाको पति सहिद हुनु भयो ।

                                                    आफ्नो सिउदोको सिन्दुर पुछिएको छ भन्दा निकै भावुक हुँदै भन्नू भयो  । कति जनताको छोराछोरीले आफ्नो बा आमा गुमाउनु परेको छ ,कति चेलिको सिन्दुर पुछिएको छ कोहिको काख रित्तेको छ । ती जस्ले देशको लागि लडाइमा ज्यान गुमाउने महान सहिदको सन्तानहरुलाई शिक्षा दिने एउटा बिद्यालय बनाउने यहि स्टजबाट बाचा गर्न चाहन्छु । र आफू आमा बन्ने सपना अधुरो रहे पनि अरु मेरो दिदिबहिनीको पीडा म पनि बुझ्न सक्छु र कतिले त ज्यान समेत गुमाइ सकेको छन राम्रो र भरपर्दो प्रसुती गृह नहुदा मातृशिशुको मृत्यु दर बढेको छ । त्यसैले सिन्धुलिमा एउटा सुबिधा सम्पन्न प्रसुतिगृह खोल्ने बाचा समेत गर्नु भएको छ । के अब षुष्पा भुजेल लगाएत बामगठबन्धनको टिमले जित्ने छ ? त्यो मंसिर एक्काईसको भोटले बताउने कुरा हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो