ब्रेकिङ न्युज


#आर्थिक

मुक्तिनाथ विकास बैंकको कारोवार कटारीमा प्रारम्भको तयारी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 27,2017


RatoParkhalमुक्तिनाथ विकास बैंकको कारोवार कटारीमा प्रारम्भको तयारी

ईखवरसम्वादाता
१० मंसिर २०७४, कटारी


नेपाल राष्ट्र बैंकको (ख) वर्गको ईजाजत प्राप्त मुक्तिनाथ विकास बैकले उदयपुरको कटारी बजारमा आप्mनो शाखा विस्तारको लागी तयारी गरेको छ ।
मुक्तिनाथ विकास बैंकले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्छ भन्ने अभियानका साथ उदयपुरको कटारीबजारमा आप्mनो शाखा विस्तार गर्न लागेको हो ।

 

कटारीमा आप्mनो शाखाको तयारी भईरहेको भएता पनि ग्राहकहरुको सेवाको लागि बैंकले लघुवित्त सेवा भने प्रवाह गर्दै आईरहेको छ । बैंकले आप्mनो ग्राहकहरुको लागि तात्कालिन लघुवित्तसेवाद्वारा ग्रामिण स्तरको समुदायमा गई साना साना बचत तथा ऋणको कारोवारबाट ग्राहकको आर्थिक स्तरउन्नतीहुने कुरा मुक्तिनाथ विकास बैंकका कर्मचारी लघुवित्त डेक्स प्रमुख दिनेश निरौलाले बताए ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो