ब्रेकिङ न्युज


#यात्री

नेपालका २ साईकल यात्री दक्षिण कोरियामा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 27,2017


RatoParkhalनेपालका २ साईकल यात्री दक्षिण कोरियामा

१० भदौ , २०७४

इखबरसम्बादाता/ दक्षिण कोरिया 

नेपालको धरान बाट सन् २००४ डिसेम्बर ७ देखि सुरु गरिएको साईकल यात्रा आज दक्षिण कोरियामा आईपुगेका छन । स्थाई घर साघु - २ , ताप्लेजुङका लोक बन्धु कर्की र पाँचखाल -२ , काभ्रेपलान्चोकका जनार्दन खनाल नेपाललाई बिश्व सामु चिनाउन साईकल यात्रामा निस्किएका हुन । बिश्वको १५३ देश पुग्ने लक्ष्य राखेका दुई साईकल यात्रीले १२ बर्ष ७ महिनामा १४४ देशहरूको यात्रा गरिसकेका छन भने दक्षिण कोरिया १४५ देशमा पर्दछ । यसिया , अफ्रिका , साउथ अमेरिका , नर्थ अमेरिका र युरोप देशभरी यात्रा गरिसकेका छन । बिश्वको अग्लो सगरमाथा भएको देश नेपाल ,बुद्ध जन्मिएको देश नेपाल र शान्तिको देश नेपाल भन्ने सन्देशका साथ दुई साईकल यात्रीको यात्रा तय गरेका थिय । नेपाललाई बिश्व सामु चिनाउन आफ्नो तर्फ बाट यस्तो प्रयास हुदा पनि नेपाल सरकार बाट कुनै पनि सहयोग नभएको र नेता सबासदको आफन्त भए करोडउ को कोष खडा हुने भन्दै दुई साईकल यात्रीले आफ्नो गुनासो व्यक्त गरे । विभिन्न बिदेशमा भएका नेपाल राजदुतबास , संघ-संघसंगठन र नेपालीहरुको सहयोगार्थ बाट साईकल यात्रामा ठुलो सहयोग पुगेको बताए


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो