ब्रेकिङ न्युज
प्रकाशित मिति: August 4,2017
पिडा कहिल्यै नलिनु है दुख मा नि जिउनु सन्तोष !
फाटेको मन नजिक परि सकेसम्म सिउनु सन्तोष !
हरेस खान हुदैन है जिन्दगिमा कैले पनि
झरे झरोस आशु त्स्लाई खुशी मानी पिउनु सन्तोष !
बाच्न अनि बचाउन सिक्नु पर्छ तिम्ले अझै
देश बचाऊ अनि मात्र आफु पनि जिउनु सन्तोष !
तिम्रै काधमा छोदिदैछ यो देशको बोझ भारी
यसलाई दुख नसम्झनु खुशी मानी लिनु सन्तोष !
पिडा कहिल्यै नलिनु है दुख मा नि जिउनु सन्तोष !
फाटेको मन नजिक परि सकेसम्म सिउनु सन्तोष !
सन्तोष बजगाईं